CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २३ शनिवार

skip this studyinindiaexpo

धेरै नाफा कमाउने बैंकको सूचीमा प्रभु बैंक अगाडी,अरु कुन-कुन बैंकले कति कमाए नाफा ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमा चालु आवको जेठ मसान्तसम्म आइपूग्दा १४.७४ प्रतिशत अर्थात् ८ अर्ब १ करोड ९ लाख रुपैयाँ थप गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

गत असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ । साथै, दोस्रोमा कुमारी बैंक र तेस्रोमा मेगा बैंकको खुद नाफा वृद्धिदर बढी रहेको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा प्रभु बैंकको ८१.६४ प्रतिशतले र सबैभन्दा थोरै लक्ष्मी बैंकको ०.५४ प्रतिशतले वृद्धि भएको हो ।

तर सो अवधिमा ७ वटा वाणिज्य बैंकको खुद नाफा असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तका घटेको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तमा सबैभन्दा धेरैले सेञ्चुरी बैंकको र सबैभन्दा थोरैले राष्ट्रिय वाणिज्य बैंकको नाफा वृद्धि घटेको छ ।

कुन बैंकको नाफाको वृद्धि कति ?

गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटाको नाफामा ०.५४ प्रतिशतदेखि ८१.६४ प्रतिशतसम्म भएको छ ।

प्रभु बैंकः चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा बढाउने प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुगदा ८१.६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंक: बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ७१.२५ प्रतिशतले वृद्धि गरेर २ अर्ब १० करोड ५ लाख रुपैयाँ कायम गर्न बैंक सफल भएको छ ।

मेगा बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ६२.९२ प्रतिशतले वृद्धि गरी २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म बैंकले ६०.३४ प्रतिशतले थप गरी १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५७.८१ प्रतिशतले वृद्धि गरी १ अर्ब ७६ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म ४९.५६ प्रतिशत वृद्धि गरी बैंकले खुद नाफा ३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ कायम गरेको छ ।

ग्लोबल आइएमई बैंक: गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३९.४५ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३० करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्र्रे बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३४.१० प्रतिशतले वृद्धि गरी १ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.८० प्रतिशतले वृद्धि गरी ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.५३ प्रतिशतले वृद्धि गरी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंक: गत आवको असार मसान्तसम्म बैंकले ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.७७ प्रतिशतले वृद्धि गरी ६० करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

एनएमबि बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.२९ प्रतिशतले वृद्धि गरी २ अर्ब ९८ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २८.४७ प्रतिशतले वृद्धि गरी २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

नबिल बैंक: गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २४.२४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४३ करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २२.५३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंक: गत आवको असार मसान्तसम्म बैंक ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १७.५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ १५.३५ प्रतिशतले वृद्धि गरी १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म १०.१३ प्रतिशतले वृद्धि गरी २ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५.०३ प्रतिशतले थप गरी १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म अइपुग्दा ०.५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।

११ महिनामा ७ बैंकले घटाए नाफा

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म ७ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ ।

जसमा सबैभन्दा बढी सेञ्चुरी बैंक ४०.७२ प्रतिशतले र सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकको ११.८९ प्रतिशतले घटेको हो ।

सेञ्चुरी बैंकले गत आवको असार मसान्तसम्म ९० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ४०.७२ प्रतिशतले घटेर ५३ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

हिमालयन बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३७.२० प्रतिशतले घटेर १ अर्ब ५९ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।

नेपाल एसबीआइ बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ५३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २७.६७ प्रतिशतले घटेर १ अर्ब १० करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ९८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २६.३२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।

एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २४.०३ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।

कृषि विकास बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २३.२७ प्रतिशतले घटेर २ अर्ब ६६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत आवको असार मसान्तसम्म ४ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ११.८९ प्रतिशतले घटेर ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँमा सीमित भएको क्लिकमांडूले उल्लेख गरेको छ ।

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१९

  काठमाडौँ — अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (IME...

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१४

  नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

एलजी नेपालद्वारा “Game on with LG AI TV” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

एलजी नेपालद्वारा “Game on with LG AI...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०९

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै...

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरण

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०२

  काठमाडौं । हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक...

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:५१

  काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४९

  काठमाडौं । आज चीनको शेन्जेनमा हुवावे सूचना तथा सञ्चार प्रविधि...