CG Electronics
IME Life
NIMB

दूतावासका कर्मचारी नै कमाउ धन्दामाः कतार उड्न लागेका ३४ युवा अलपत्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विदेश स्थित दूतावासका कर्मचारीहरु कसरी अबैधानिक काममा सम्लग्न हुन्छन् भन्ने तथ्य बुझ्न कतार स्थित नेपाली दूतावासलाई हेरे पुग्छ । यति वेला कतार स्थित नेपाली दूतावासका कार्मचारीहरु कसरी अबैधानिक काम गरेर धन आर्जन गरीरहेका छन् भन्ने तथ्य सार्वजनकि भएको छ ।

कतार यस्तो मुलुल हो जहाँ लाखौं नेपाली श्रमिकहरु कार्यरत छन् । तीनै श्रमिकले पठाएको रेमिट्यान्सले नेपालको अर्थ तन्त्रमा टेवा पुगेको छ ।

तीनै श्रमिकहरुको सहजिकरणका लागि सरकारले कतारमा नेपाली दूतावास स्थापना गरेको हो । त्यहाँ दैनिक जसो ठुलो संख्यामा कुनै न कुनै समस्या लिएर नेपाली श्रमिकहरु दूतावास पुग्ने गरेका छन् । तर दूतावासका कर्मचारीले समस्याको समाधान गर्नुको साटो दुःख दिने गरेका छन् ।

कतार जाने जति पनि नेपाली श्रमिकहरु  छन् उनिहरको प्रवेश गर्ने बाटो कतार स्थित नेपाली दूतावासले प्रमाणिकरण गरेपछि मात्रै प्रवेश पाउँछन् । त्यहाँको सम्बन्धित कम्पनीले लान चाहेको कामदारको माग दूतावासले प्रमाणिकरण गर्नु पर्ने कानुनी व्यवस्था छ ।

दूतावासले प्रमाणिकरण गरे पछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिएर मेनपावर कम्पनीले श्रमिक पठाउने गर्छन् । यसै क्रममा कतारको टुरकोइज  TURQOISE  कम्पनीले नेपाल स्थित विनामाई इन्टरनेशनल प्रा.लि. लाइ ३४ जना नेपाली कामदार माग गरी प्रमाणिकरणका लागि १ मार्च २०२१ मा दूतावासमा उक्त कम्पनीले माग गर्यो ।

१ मार्चमा दूतावासमा पुगेको पत्र २५ मार्च २०२१ मा दूतावासले प्रमाणिकरण गरिदियो । दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई मेनपावरलाई नेपाली श्रमिक पठाउने बाटो खुल्यो । सोही अनुसार विनामाई मेनपावरले २६ मार्च २०२१ का श्रम विभागबाट श्रम स्वीकृती लियो ।

त्यसलगतै नेपाली राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेर दक्ष जनशक्ति छनोट गरी दुई सातामै ३४ जना नेपाली युवाको सूचि टुरकोइज  TURQOISE कम्पनीलाई विनामाई मेनपावरले सूचि पठायो । त्यसको केहि दिनपछि विनामाई मेनपावरले रोजगार दाता कम्पनीसँग उडान निश्चितताको लागि सम्पर्ग गर्यो ।

तर त्यो बीचमा ठुलो खेल भइसकेको थियो । रोजगार दाता कम्पनी टुरकोइज  TURQOISE ले नेपाली दूतावास मार्फत प्रमाणिकरण गरेर नेपालकै अर्को मेनपावर कम्पनी सारोनलाइ उक्त ३४ जना कामदार पठाउने पत्रमा प्रमाणिकरण गरिसकेको रहेछ ।

सारोन कम्पनीले रोजगार दाता कम्पनी र नेपाली दूतावासका कर्मचारीलाई आर्थिक लाभ पुर्याएपछि दूतावासले विनामाई मेनपावरलाई पहिला नै प्रमाणिकरण गरिसकेको भएपनि पुनः दोस्रो कम्पनी सारोनलाई प्रमाणिकरण गरिदिएको पाइएको छ ।

जवकी एउटा कम्पनीलाई कामदार पठाउने पत्रमा प्रमाणिकरण गरिसकेपछि अर्को कम्पनीलाई पुनः प्रमाणिकरण गर्नु कानुनले गलत ठहर्छ । तर कतार स्थित नेपाली दूतावासका कर्मचारी आर्थिक प्रलोभनमा परी आफ्नो अधिकार भन्दा बाहिर गएर पदको दूरुपयोग गरीरहेका छन् ।

३४ जना कामदार पठाउन आँफैले प्रमाणिकरण गरिदिएको दूतावासले रद्ध गर्दा विनामाई कम्पनीलाई मौखित वा लिखित कुनै जानकारी गराएको छैन । उसले कुनै जानकारी विना सेरोन मेनपावरलाई कामदारको माग पठाउने जिम्मा दिएको पाइएको छ ।

दूतावासले एउटा कम्पनीलाइ प्रमाणिकरण गरिदिएको पत्र विना कारण अर्को कम्पनीलाइ दिन कानुनी रुपमा पाइँदैन । तर कतार स्थित नेपाली दूतावासका कार्मचारीले विनामाई कम्पनीलाइ कुनै जानकारी बिनै अर्को कम्पनी सेरोनलाई कामदार पठाउने जिम्मा दिएको छ ।

सोहि विषयमा यथार्थ जानकारी गराउन बैदेशिक रोजगार विभागले दूतावासलाइ पत्र काटेको थियो । तर दूतावासले पत्रको जवाफ पनि झुटो दिएको छ । उसले विभागमा पूर्व जानकारी गराएर सेरोन मेनपावलाई कामदार पठाउन प्रमाणिकरण गरिदिएको बताएको छ ।

तर सोहि सम्बन्धमा दूतावासले विभागलाई कुनै पनि जानकारी नगराएको जनाएको छ । उसले विनामाई मेनपारको लापरवाही र कमजोर सेवा रहेको कारण अर्कै कम्पनीलाइ कामदारको माग दिएको दावी गरेको छ । जब की रोजगार दाता कम्पनीलाइ विनामाई मेनपावरले १५ दिनमै नेपाली कामदारको सूचि पठाएको थियो ।

यता रोजगार दाता कम्पनीले पनि विनामाई मेनपावरलाइ झुटो जवाफ दिएको छ । उसले कम्पनीको छाप र हस्ताक्षर आफ्नो नभएको दावी गरेको छ । तर उसको आफ्नै दावीसँग बाझिने गरी नेपाल स्थित कतार दूतवासलाई पत्र पठाएको पाइएको छ ।

उनले दूतावासलाइ विनामाई मेनपावरको लापरवाही र कमजोर  सेवामाथि प्रश्न उठाएको छ । विनामाई मेनपावलले विभिन्न मुलुकमा दुई दसक देखि नेपाल कामदार पठाउँदै आएको छ । सेरोन मेनपावर कम्पनीले रोजगार दाता कम्पनी र कतार स्थित नेपाली दूतावासका कार्मचारीलाई ठुलो आर्थिक प्रलोभनमा पारेको स्रोतले जनाएको छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...