सिभिल बैंकले एकवर्षमा ३१ अर्ब रुपैयाँले निक्षेप बढाए
Sunday Aug 15, 2021
वि.सं.२०७८ साउन ३१ आइतवार १०:०६

काठमाडौँ । सिभिल बैंक काठमाडौं । सिभिल बैंकले एकवर्षमा ३१ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । सिभिल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निक्षेपको आकार ८८ अर्ब पुर्याएको छ ।
अघिल्लो वर्षको असार मसात्मा सिभिल बैंकको निक्षेप ५७ अर्ब थियो । यस्तै असार मसान्तसम्ममा सिभिल बैंकको ७९ अर्ब कर्जा रहेको छ । अघिल्लो वर्ष असार मसान्तमा सिभिल बैंकको कर्जा ५२ अर्ब थियो ।
व्यवसायको आकार बढेपनि सिभिल बैंकको नाफा भने स्थिर देखिएको छ । व्यवसाय बढेपनि ब्याज आम्दानी नबढेको कारण बैंकको नाफा स्थिर देखिएको हो । सिभिल बैंकले गत आर्थिक वर्षमा ५५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष सिभिल बैंकको नाफा ५५ करोड ५० लाख रहेको थियो । सिभिल बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ ।
व्यवसाय बढाएको कारण अघिल्लो वर्षको भन्दा सिभिल बैंकको पूँजीकोष अनुपात घटेको छ । असार मसान्तसम्म सिभिल बैंकको पूँजीकोष अनुपात ११.८८ प्रतिशत रहेको छ । ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको सिभिल बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत रहेको छ ।
























