CG Electronics
IME Life
NIMB

बैंक अफ काठमाण्डूले करिब ७ करोडको खूद नाफा बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौँ ।  बैंक अफ काठमाण्डू (बीओके) लिमीटेडले करिब ७ करोडले खूद नाफा बढाएको छ । आर्थिक वर्ष २०७७ /०७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरी बैंकले यस्तो आँकडा प्रस्तुत गरेको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिको नाफा भने १ अर्ब ४६ करोड रहेको थियो । अघिल्लो वर्ष २ अर्ब ९ करोड रहेको संचालन मुनाफा समेत सामान्य बढी २ अर्ब २५ करोड पुगेको छ ।
व्यवसाय बिस्तारमा खासै ध्यान नदिएका कारण बैंकको खूद ब्याज आम्दानी भने घटेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ५७ करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ३ अर्ब १४ करोडमा सीमित बन्न पुगेको छ । यसरी हेर्दा खूद ब्याज आम्दानी ४३ करोडले घटेको देखिन्छ ।
समीक्षा अवधिसम्म ९ अर्ब ६५ करोड चुक्तापूँजी रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९७ करोड ७६ लाखमा सीमित रिटेन अर्निंग बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ भने रिजर्बको आकार ४ अर्ब ७६ करोडबाट बढी ५ अर्ब ४६ करोड माथि पुगेको छ ।
समीक्षा अवधिमा बीओकेले १ खर्ब ३ अर्ब बढी निक्षेप संकलन गरी ९३ अर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९२ अर्ब १० करोड बढी निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड बढी कर्जा परिचालन गरेको थियो । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेको छ ।
अघिल्लो वर्षको यो अवधिसम्म १७.०९ रुपैयाँ रहेको इपीएस घटेर १५.९० रुपैयाँमा सीमित बनेको हो । अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.६७ प्रतिशत कायम भएको छ भने समीक्षा अवधिसम्मको कस्ट अफ फण्ड ५.१० प्रतिशत, सीडी रेसियो ७७.७८ प्रतिशत र आधार दर ७.४४ प्रतिशत कायम भएको छ ।
असार मसान्तसम्मको पीई अनुपात २३.८४ गुणा, प्रतिसेयर नेटवर्थ १६९.०७ रुपैयाँ र तरलता अनुपात २८.३६ प्रतिशत कायम भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...