CG Electronics
IME Life
NIMB

सेयर बजार सर्लक्कै सुत्दा पनि चम्किएका यी हुन् ५ कम्पनी, कुनको मूल्य कति बढ्यो ?

NIMB
Himalayan Bank

सेयर बजार आज पनि पहिरो गएको छ । हिजो झिनो अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको हो । समग्रमा यससाता नेप्से करिब १७० अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार रकम साढे ९ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३० कम्पनीको ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँ बढीको १ करोड ५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.६८ प्रतिशतले घटेको छ ।

यस्तै, विकास बैंक, हाइड्रोपावर र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबारमा आएका २३० कम्पनीमध्ये जम्मा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

१२ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, अपी पावर झण्डै ३३ करोड र ङादी पावर २३ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे । उच्च अंकले बढेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा लाइफ इन्स्योरेन्सको मूलय ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

यस्तै, चन्द्रागिरि हिल्स ५.७३, खानीखोला हाइड्रोपावर ५ प्रतिशत र डिप्रोक्स लघुवित्तका सेयर मूल्य ४.२३ प्रतिशतले बढेको छ ।घट्दो बजारमा आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.८७ प्रतिशत गुमाएका छन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...