CG Electronics
IME Life
NIMB

प्रदेश नम्बर ६ मा यस्तो छ हालसम्मको मतपरिणाम

NIMB
Himalayan Bank

३ जेठ, काठमाडौं– तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचन अन्तर्गत विभिन्न जिल्लाको मत परिणाम आउने क्रम तीव्र बनेको छ । समग्र परिणाममा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छ । तर, प्रारम्भिक नतिजाका आधारमा विश्लेषण गर्दा ६ नम्बर प्रदेशमा भने माओवादी केन्द्र पहिलो दल बन्ने संकेत देखिएको छ । यो प्रदेशमा कांग्रेस दोस्रो र एमाले तेस्रो दल बन्ने संकेत देखिएको छ । प्रदेश नम्बर ६ मा साढे ९ जिल्ला छन् । यहाँको कुल स्थानीय तह संख्या ७८ रहेको छ । यसमध्ये २९ स्थानको मत परिणाम आइसकेको छ । यो परिणामध्ये १२ स्थानमा माओवादीले जितेको छ भने ९ स्थानमा कांग्रेसले जितेको छ । एमालेले ६ स्थानमा जितेको छ । प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

प्रदेश नम्बर ६ मा २१ वटा स्थानीय तहको मगणनाको अग्रता अनलाइनखबरलाई प्राप्त भएको छ । अग्रताको हिसाबले विश्लेषण गर्दा एमाले ८ स्थानमा अगाडि छ भने माओवादी ७ र कांग्रेस ६ स्थानमा अगाडि छ ।

६ नं प्रदेशमा अग्रताकाे अवस्था यस्तो छ-

एमालेले अग्रता लिएका ९ स्थान

१. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
२. पञ्चपुरी नगरपालिका सुर्खेत
३. लेकबेंसी नगरपालिका सुर्खेत
४. चौकुने गाउँपालिका सुर्खेत
५. सिम्ता गाउँपालिका सुर्खेत
६. भेरी नगरपालिका, जाजरकोट
७. छेडागाड नगरपालिका, जाजरकोट
८. कपुरकोट गाउँपालिका सल्यान
९. छत्रेश्वरी गाउँपालिका, सल्यान

माओवादीले अग्रता लिएका ८ स्थान

१. दुल्लु नगरपालिका दैलेख
२. त्रिवेणी नगरपालिका जाजरकोट
३. सान्नी त्रिवेणी गाउँपालिका जाजरकोट
४. बागचौर नगरपालिका, सल्यान
५. बनगाड कुपिन्डे नगरपालिका सल्यान
६. कालीमाटी गाउँपालिका सल्यान
७. चौरजहारी नागरपालिका रुकुम
८. आठबीसकोट नगरपालिका रुकुम

कांग्रेसले अग्रता लिएका ५ स्थान

१. भेरीगंगा नगरपालिका सुर्खेत
२. गुर्भाकोट नगरपालिका सुर्खेत
३. बराहताल गाउँपालिका सुर्खेत
४ चन्दननाथ नगरपालिका, जुम्ला
५. शारदा नगरपालिका, सल्यान

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...