कुलमानको हातखुट्टा बाँध्न खोज्नेलाई अदालतले दियो चड्कन
Tuesday Sep 21, 2021
वि.सं.२०७८ असोज ५ मंगलवार २०:०६
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यले काम गर्न नदिन सर्वोच्चमा अन्तरिम आदेश माग गरेको थियो । मङ्गलवार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो सँगै निर्देशक कुलमानलाई काम गर्ने बाटो खुल्ला भएको छ । तर सर्वोच्चले सरकारसँग कारण देखाऊ आदेश माग गरेको छ ।
सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्ति गरेको थियो ।



























