CG Electronics
IME Life
NIMB

श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको एघारौ साधारणसभा २०७८ असोज ९ गते शनिबारका दिन संचारग्राम सिनामंगलस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ ।

निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्घारिका प्रसाद काफ्ले, सचिबमा नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसै गरी गोरखापत्रका बिकास द्घारे प्रबक्तामा चयन हुनुभएको छ भने सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूणर् पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निरबिरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिबतmा निरजंन राजबशी, बरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यबहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

क्लवले फोटोपत्रकारहरुको क्षमता अभिबृद्धिका लागी विभिन्न कार्ययोजना बनाई बिषेश महत्वका साथ कार्य गर्दै जानेछ भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हकहितका लागी अझै सक्रिय भूमिका निभाउदै नेपाल पत्रकार महासंघको हरेक गतिविधीमा सक्रिय सहभागिता सहित क्लवले पैरवी गर्दै जाने निणर्य साधरण सभाले गरेको छ ।

यसैगरी निर्वाचित पश्चात बसेको पहिलो कार्यसमितीको बैठकले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन गरेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...