CG Electronics
IME Life
NIMB

साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २६.३२५ लाभांश पारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा होटल गोरखा बिसौनी गोरखामा सम्पन्न भएको छ उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७र०७८को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२५ लाभांश बितरण गर्ने प्रस्ताव सर्बसम्बत पारित गरेको छ ।

वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी कृष्ण बहादुर थापा, डा।नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सि। लाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको छ ।

साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरिएको छ, साथै आर्थिक वर्ष २०७८र०७९ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस।डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीरसहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन, सम्पती तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगाएतका कार्य संग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितीलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिन, कार्यक्रमको गुणस्तर बृद्धिका लागी पर्ने बताउनुभयो । हाल वित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरुमार्फत ८०,००० भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...