CG Electronics
IME Life
NIMB

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले दोस्रो त्रैमासमा  जीवन बीमा कोषमा १६.४९ प्रतिशतले बृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले आज प्रशाति गरेको वित्तिय विवरण अनुसार जीवन बीमा कोष १६.४९ प्रतिशतले बृद्धि गरी ८६ अर्ब ४९ करोड ११ लाख १३ हजार २१५ रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले चालु आवको छ महिनामा जगेडा कोष ९४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब २३ करोड ५० लाख ४० हजार ८५७ रुपैयाँ संचिती गरेको छ ।

एलआईसी नेपालको समग्र कोषमा ८८ अर्ब आठ करोड ८१ लाख ८८ हजार ७९५ रुपैयाँ संचिती गरेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको समग्र कोषको आकार १७ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी नौ अर्ब ५८ करोड छ लाख ४१ हजार ६०३ रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा सामान्य बृद्धि हो । गत आवमा कम्पनीले नौ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी १६.४५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा चार अर्ब ५२ करोड रुपैयाँ तिरेको कम्पनीले चालु आवमा पाँच अर्ब २६ करोड ८३ लाख ९७ हजार ६४० रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

 

कम्पनीले लगानी, कर्जा, बीमालेख धितो कर्जा तथा अन्य आयबापतको आम्दानी १४ प्रतिशतले बृद्धि भएको छ । तीनै प्रकारको आम्दानी चार अर्ब ११ करोड ७९ लाख ३१ हजार २१० रुपैयाँ रहेको छ ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवमा ३८ करोड ५७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा १४।३५ प्रतिशत घटी अर्थात ३३ करोड चार लाख ११ हजार ७०० रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्ताहरुलाई कमिशन बापत ९१ करोड ९६ लाख ४६ हजार ५१३ रुपैयाँ वितरण गरेको छ । यो गत आवको तुलनामा ९ प्रतिशतले घटी हो । गत आवमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब एक करोड रुपैयाँ कमिशन बापत वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा घटेको छ । गत आवमा ११ करोड ५६ लाख मुनाफा गरेको कम्पनीको यस आवमा मुनाफा ३३.५१ प्रतिशतले घटेर सात करोड ६९ लाख एक हजार ३८६ मा सीमित भएको हो । बीमा समितिले अनिवार्य गरेको फ्युचर बोनसका कारण सबै ठूला जीवन बीमा कम्पनीको बोनसदर र मुनाफा घटेको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीको बीमा पोलिसी संख्या सात लाख छ हजार ८७९ बाट घटेर छ लाख ९५ हजार ७५० मा झरेको छ ।

एलआईसी नेपालका प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५८.३३ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ मूल्य १८०.६८ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६७.६५ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...