CG Electronics
Ncell NPL
NIMB

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औ बर्षमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । काठमाण्डौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १५ औं बर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्शवको अवसरमा बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय बालुुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरेको छ ।

देशभर रहेको सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आई रहेको छ ।

 

यस विकास बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गरेको छ  ।

 

बैंकले अहिलेसम्म् निरन्तर सहयोग गर्ने सबैप्रति प्रेस विज्ञप्ति प्रकाशित गरि आभार प्रकट गरेको छ ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...