अध्यक्ष ओलीलाई भेट्न बालकोट लागे प्रधानमन्त्री देउवा
Saturday Feb 26, 2022
वि.सं.२०७८ फागुन १४ शनिवार १६:३१
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ।
प्रधानमन्त्री देउवा अहिले एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटतर्फ लाग्नुभएको छ’ काँग्रेस महामन्त्री गगन थापाले भने । प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट लागेका छन्।
























