प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै रहने
Wednesday Oct 31, 2018
वि.सं.२०७५ कात्तिक १४ बुधवार १२:१७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहे पनि अस्पतालले अझै केही दिदन अस्पतालमै राख्ने भएको छ । त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ पत्रकार सम्मेलन गरी सो कुराका जानकारी दिएको हो ।
‘उहाँसँग केहीबेर अघि सभामुख कृष्णबहादुर महराले पनि भेट गर्नुभो, ज्वरो र खोकी पनि नियन्त्रणमा आएको छ, आज दालभात, तरकारी पनि खानुभयो उहाँ अहिले तन्दुरुस्त हुनुहुन्छ’,
सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले भने ।
डा. सायमीले प्रधानमन्त्री ओलीलाई छिटोभन्दा छिटो डिष्चार्ज गर्न आफुहरु तयार रहेको बताउँदै फेरि सोही केस नदोहोरियोस् भनेर २, ३ दिन अस्पतालमै राख्नुपर्ने उनले बताए ।
‘पाँचदिन देखि चलाइरहेको एन्टिवायोटिक भोली (बिहिबार) सम्ममा सकिन्छ, त्यसपछि मुखले खाने औषधी मात्र चल्छ’, डा. सायमीले भने ।
प्रधानमन्त्रीलाई भेट्न चाहनेहरुलाई टाढैबाट मात्र दिएको समेत डा. सायमीले प्रस्ट पारे । बुधबार प्रधानमन्त्रीकै आग्रहमा सभामुख, रक्षामन्त्री र गृहमन्त्रीलाई भेट गर्न दिइएको समेत उनले बताए ।




























