CG Electronics
Ncell NPL
NIMB

नेपालमा सेयर कारोवारको सुरुवात र वर्तमान अवस्था

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

अर्जुन चालिसे

आजभोलि धेरै चलनचल्तीमा रहेको छ सेयर बजार । कुनैपनि संगठित संस्थामा कुनै व्यक्ति वा समुहको हक वा स्वामित्वलाइ सेयर भनिन्छ । सेयर बजार भनेको एक प्रकारको व्यापार नै हो । जहाँ आफ्नो स्वामित्वमा भएका सेयरहरु व्यक्तिले स्वयं बजार मुल्यसँग मिल्दो मुल्य निर्धारण गरि खरिद बिक्रि गर्ने गर्दछन् ।

नेपालमा सेयर कारोवार हुन सुरु भएको ८० वर्ष जति पुगेको छ । सर्वप्रथम सेयर कारोवार गर्ने श्रेष्य विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडलाइ जान्छ । विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले वि.सं. १९९५ मा सबै नेपालीका लागि सेयर जारी गरेको थियो । यो नै विधिवत रुपमा नेपालमा भएको सेयर कारोवार थियो । त्यसबेला सेयर निष्काशन गर्ने छुट्टै संयन्त्र थियो । यि संस्थाहरु स्वयंले यसको सम्पुर्ण व्यवस्था गरेका थिए । विराटनगर जुट मिल्सलाइ नेपालको पहिलो ठूलो उद्योगको रुपमा लिन सकिन्छ । तत्काल प्रधानमन्त्री श्री ३ श्री ३ जुद्ध शमशेरले यो उद्योग स्थापना गरेका थिए । जसमा नेपाल सरकार र अन्य निजि क्षेत्रोक सेयर स्वामित्व रहेको थियो ।

 

वि.सं. १९९३ असार ३० गते विराटनगर जुट मिल्सको स्थापना भएको हो । समय-समयमा हुने राजनीतिक आन्दोलन, मजदुर आन्दोलन, राजनीतिकरण, सरकारी हस्तक्षेप आदी जस्ता कारणले २०५२ सालदेखि उद्योग संचालन हुन सकेको छैन । सर्वप्रथम सेयर कारोवार गरेको कम्पनी सेयर अहिले सूचीकरण नै छैन । सेयर कारोवार हुन छोडेको पनि वर्षौ भइसक्यो

सेयर बजारलाई देशको आर्थिक वृद्धिको मेरुदण्डको रुपमा लिने गरिन्छ । नेपालमा सेयर कारोवार भएको लगभग ८० वर्ष भइसक्दा पनि सेयर बजार व्यवस्थित हुन सकेकोछ । सबै अम नेपालको सहज पहुँचमा पुग्न सकेको छैन । सेयर बजारका सूचकांकहरुले आर्थिक सूचकांकको मापन गर्दछ । विश्वको परिवेशमा हेर्ने हो भने सन् १९७६ मा स्थापना भएको एप्पलको प्रतिशेयर २०७ डलर (रु. २२८१८) पुगेको छ । सन् १९३७ मा स्थापना भएको विराटनगर जुट मिल्स र त्यसपछिका अरबौ मुल्य पुजी भएका कम्पनीको सेयर कारोबार नभएकै वर्षौ भइसक्यो यसले पनि हाम्रो देशको आर्थिक विकासलाइ असर गरि रहेको छ । यदी सेयर बजारलाइ व्यवस्थित गर्ने र यसको कोरावारलाइ प्रभावकारी बनाउन सक्यो भने देशमा आर्थिक वृद्धि सहजै हासिल गर्न सकिन्छ । यही सेयर बजारको प्रभावले अन्तर्राष्ट्रिय लगानीलाइ समेत आकर्षित गर्दछ । वि.सं. २०२१ सालमा आएको कम्पनी ऐनले नेपालमा सेयर बजारलाइ केही स्थान दिएको देखिन्छ ।

सेयर बजारलाइ व्यवस्थित र खरिद विक्रि गर्नको लागि वि.सं. २०३३  सालमा धितोपत्र खरीद विक्री केन्द्र सेक्युरिटीज एक्सचेन्ज सेन्टरको स्थापना गरियो । सो पछि क्रमश सेयर बजारले गति लिन र धितोपत्रको कारोवार सुरुवात भयो । राष्ट्रिय वचत तथा लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी ल्याउने गरी पुँजी बजारलाई सक्षम, गतिशील र विकसित बनाउने लक्ष्यका साथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल सरकारबाट वि.सं. २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । यसका मुख्य उद्देश्य भनेको पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गरी धितोपत्रको निष्काशन, खरिद, बिक्री वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने रहेको छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड, शाख मुल्यांकन संस्था, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, निष्काशनकर्ता कम्पनी, सूचिकृत कम्पनी, सामुहीक लगानी कोष, निक्षेप सदस्य र आस्वा प्रणलीमा आवद्ध संस्थाहरुको नियमन गर्दछ । सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने मुख्य उद्देश्य स्टक एक्सचेन्जको हुन्छ । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो । नेप्सेले सार्वजनिक रुपमा जारी भएका धितोपत्रहरुको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ । सूचीकरण भएका धितोपत्रहरुको किनबेचका लागि नेप्सेले कम्प्युटरकृत स्वचालित कारोबार प्रणाली उपलब्ध गराउँदै आएको छ । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरु लाई धितोपत्र किनबेच सेवा प्रदान गर्न सक्छन् ।

बढ्दो सूचना प्रविधिको प्रयोग र आम नेपालीको इन्टरनेटको पहुँचका आधारमा सेयर कारोवारको सजहताका लागि नेप्सेले अनलाइन कारोवारको सुचारु गरेको छ । अहिले भएको अनलाइन प्रविधिमा केवल बोक्ररले गरेको खरिद विक्रिलाइ मात्र हेर्न सकिन्छ । तर पुर्ण रुपमा अनलाइन प्रविधि आएको खण्डमा घरमै बसिबसी कम्प्युटर क्लिकको आधारमा सेयर कारोबार गर्न सकिन्छ । नेप्सेका अनुसार तिहार अघिको कारोबारमा नै अनलाइन प्रविधि आइसक्ने जनाइसकेको छ । तिहार अघि सेयर कारोवार केवल ३ दिन मात्र हुन्छ । आशा गरौ तिहार अघि नै हामीले अनलाइन शेयर कारोवार गर्न सक्नेछौ ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...