Nabil Bank
prabhubank
nic bank

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट, १९ लाख १९ हजार १६ जनाको हात रित्तो, कसरी हेर्ने रिजल्ट ?

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनी सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी १ लाख ६६ हजार ३४२ कित्ता र भाग्यमानी ३ जनाले थप १ कित्ता अर्थात् ११ कित्ताका दरले सेयर हात पारेका छन् । १९ लाख १९ हजार १६ जनाको हात रित्तो भएको छ ।

कम्पनीले चैत १६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएको थिए । सोमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र बलेफी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार २२:५९

  काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१,...

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२८

  काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख...

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता...

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक...

वि.सं.२०८१ जेठ ६ आइतवार ०८:५०

  सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो :...

वि.सं.२०८१ जेठ ५ शनिवार १६:५८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक...