CG Electronics
Ncell NPL
NIMB

गृहमन्त्री थापाले अङ्गीकृत नागरिकताले राष्ट्रियतामा आउने खतराबारे यसरी खोले पोल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ’ उनले भने ।

मन्त्री थापाले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन हुने बताए । लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उनले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका हुन् ।

अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले बताए । ‘राष्ट्रिय अखण्डतामाथि असर पर्ने कुराहरु छन् । अङ्गीकृत नागरिकता वितरणमा ध्यान दिइएन भने राष्ट्रियतामाथि नै खतरा हुन्छ’ उनले भने ।

गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने बताए । ‘बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन् । जन्मको आधारमा नागरिकता त्यो खारेज गरिएको छ’ उनले भने अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई संशोधन आवश्यक छ ।

समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरे ।

सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, वृजेशकुमार गुप्ता, झपटबहादुर रावललगायतले नागरिकता राष्ट्रको भविष्यसँग समेत जोडिएको भन्दै गहन छलफलको आवश्यकता ‍औंल्याएका थिए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...