CG Electronics
Ncell NPL
NIMB

हसंपुर नगरपालिकालाई समृद्ध बनाएरै छाड्छु

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


       रामज्ञान मण्डल , मेयर , हसंपुर नगरपालिका

 

राज्यले मधेशमाथि गरेको बिभेदले धनुषा जिल्लाको हसंपुर नगरपालिकाका मेयर रामज्ञान मण्डललाई राजनीति तिर डोहो¥यायो । विद्यार्थीकालमै युवाहरुमाझ लोकप्रिय भएका रामज्ञानले मधेश आन्दोलनहरुमा युवाहरुको नेतृत्व गरे ।

सुरुमा उपेन्द्र यादव निकट रहेर राजनीति गरेका रामज्ञान पछिल्लो समय भने शरदसिहं भण्डारी निकट रहेर मधेश आन्दोलहरुमा सक्रिय भए । स्थानीय निकायको चुनावमा राजपाले हसंपुर नगरपालिकाको मेयरको टिकट दियो । रामज्ञानले चुनाव नजित्ने आँकलन धेरैले गरे । तर सवैलाई अचम्मित बनाउँदै रामज्ञानले अत्याधिक मतले चुनाव जिते । किनभने उनलाई युवा र हसंपुरवासीको साथ थियो । धनुषा जिल्लाकै विकट नगरपालिका मानिने हसंपुरमा उनले विकास निर्माणलाई तिब्र बनाए ।
तर उनलाई पछिल्लो समय उनका विरोधीहरुले खुट तान्न थालेका छन् । केही विरोधीहरुले अख्तियारमा उजुरी समेत दिएका छन् । तर उनि निर्धक्क छन् । मेयर रामज्ञान भन्छन् , किनभने मैले कुनै गल्ति गरेको छैन । प्रस्तुत छ उनै मेयर रामज्ञान मण्डलसगँ प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सन्तोष बराइली र नेपाल पत्रकार माहासंघ काठमाण्डौ शाखाका सहसचिव अमिर लामाले गरेको कुराकानीको सम्पादित अशं :

तपाँईको नगरपालिकामा अख्तियारले छानबिन गरिरहेको रहेछ नी कुरा के हो ?

हेर्नुस म बिकासप्रेमी मान्छे हुँ । मैले मेयरको चुनाव जितेको मेरा विरोधीहरुलाई मन परेको छैन । उनिहरु जनतालाई भ्रम छरिरहेका छन् । तर म मेरा जनता र हसंपुरनगरवासीलाई के भन्न चाहान्छु भने कसैको भ्रममा नपर्न अनुरोध गर्न चाहान्छु । अख्तियारलाई मैले भनेको छु , निस्पक्ष भएर छानविन गर्नुस् ।

जसले उजुरी गर्नुभयो , वाहाँले कम्तिमा म सगँ भेटेर काहाँ गल्ति भयो भनेर भन्नु पथ्र्यो । किनभने हामीविचको कुरा अख्तियारमा उजुरी हाल्न जरुरी थिएन । तर वाहाँहरुले सिधै अख्तियारमा उजुरी हाल्नुभयो । ठिकै छ , मैले गल्ति गरेको भए अख्तियारले छानविन गरेर प्रमाणीत गरोस् । म कारबाही भोग्न तयार छु ।

विकास निर्माणमा कर्मचारीको सहयोग छ कि छैन ?

कर्मचारीको सहयोग छ । गत बर्षको बजेट विनियोजन पनि कर्मचारीकै सहयोगले गरेको थिएँ । यसपाली पनि कर्मचारीकै सहयोगले बजेट बनाएको हुँ । तर कर्मचारीको अभाबले बिकास निर्माणमा अवरोध भने भएको छ । दैनिक ज्यालादारीमा कर्मचारी राख्न त पाईन्छ तर नगरपालिकाको प्रशासकिय अधिकृतको खाँचो पर्छ ।

 

नगरपालिकाको बिकास निर्माणको भावि योजना के के छ ?

हेर्नुस म मेरो नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन चाहान्छु । समद्ध् हसंपुर नगरपालिका मेरो नारा नै हो । बाटोहरु सबै ढलान गर्छु यसपाली । त्यस पछी मोवाईल र ईन्टरनेटको पहुँचमा सबै जनतालाई पु¥याँउछु । वैदेशिक रोजगारमा गएका नगरपालिकाका सबै युवालाई नगरपालिकामै रोजगार उपलब्ध गराउने योजना छ मेरो । कृषी विकासको पहल पनि गरिरहेको छु । हसंपुरलाई सुन्दर र समृद्ध नगरपालिका बनाएरै छाड्छु । मैले गरेको विकास निर्माणले मेरा विरोधीहरुलाई सताएको छ । तर म के भन्न चाहान्छु भने विरोधीहरु जतीनै मेरो विरोधमा लागे पनि नगरको विकास त म गरेरै छाड्छु । दुई बर्ष भित्र म हसंपुर नगरपालिकालाई समृद् बनाएरै छाड्छु ।

राजनीतीमा कसरी लाग्नुभयो ?

मधेशप्रति राज्यले गरेको विभेदले मलाई स्कूल पढ्दा देखी नै दुखी बनाउँथ्यो । कलेज सुरु गरेपछी युवा विद्यार्थीहरुको नेतृत्व गर्न थालेँ । उपेन्द्र यादवजी सगँ समन्वय गरेर मधेश आन्दोलनहरुमा युवाहरुको नेतृत्व गर्न थाँले । पछी शरदसिहं भण्डारीको निकट भएर आन्दोलन हाँके । राजपाबाट मेयरको टिकट पाएर जितेँ । मधेशका वीर शपूतहरुकै कारण सघिंयता कार्यान्वयनमा आएको हो । म मधेशका वीर शहिदहरुलाई सलाम गर्न चाहान्छु । आन्दोलनका घाईते र तिनका परिवारजनलाई प्रदेश सरकारले अझ धेरै सुविधाहरु उपलब्ध गराउन जरुरी छ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?

म मेरा नगरवासीलाई के भन्न चाहान्छु भने कसैको भ्रममा नपर्नु होला । सबै मिलेर नगरको विकासमा लागौँ । हसंपुरलाई स्वस्थ्य , शिक्षा , कृषी र शहरीकरण र आधुनीकिकरण गर्नतिर लागौँ । हामी सबै मिलेर समृद्ध हसंपुर बनाउँ । समृद्ध हसंपुरको लागी म जे गर्न पनि तयार छु ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...