CG Electronics
IME Life
NIMB

थानकोटका मट्टीतेल ट्यांकीमा अब पेट्रोल भरिने, मर्मतको जिम्मा भारतीय कम्पनीलाई

NIMB
Himalayan Bank

९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एक हप्तापछि काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारको काम सुरु गर्ने भएको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई अब पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्न लागिएको हो ।

अहिले मट्टीतेलको माग ज्यादै न्यून भएकाले त्यसलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्न लागिएको निगमले जनाएको छ । झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी ट्यांकी स्तरउन्नती गर्न भारतको ट्यांकटेक कम्पनीलाई जिम्मा दिइएको छ ।
oil_tank
डेढ करोड रुपैयाँ भन्दा बढीको लागतमा ट्यांकटेकले भण्डारण विस्तारको काम गर्नेछ ।

डिपोको स्तर उन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री आयतको प्रक्रिया थालेको छ । निर्माणको काम सुरु भएपछि दुई महिनामै थानकोट डिपोमा ६ हजार किलोलिटर पेट्रोलको भण्डारण सुरु हुने निगमको दावी छ ।

अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता छ । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिग्रिएपछि ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको छ ।

भारतीय कम्पनी ट्यांकटेकले बिग्रएको पेट्रोल ट्यांकको पनि मर्मत गर्ने गरी सम्झौता भएको निगमका प्रवन्ध निर्देशक गोपालबाहदुर खड्काले बताए ।

‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार गरिनेछ’ खड्काले भने, ‘योसँगै बिग्रिएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार हुनेछ ।’

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...