CG Electronics
IME Life
NIMB

पुरानो मेडिकल कलेजमा निःशुल्क विशिष्टिकृत न्यूरो मेडिसिन सेवा शुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा शुरु गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा ओपिडि टिकट निःशुल्क गरेर न्यूरो मेडिसिन सेवा शुरु गरेको हो । यस विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिईएको अस्पतालले जनाएको छ ।

भारतको एम्सबाट डिएम गर्नुभएका न्यूरोलोजिष्ट प्रा.डा. अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा शुरु गरेको हो । प्रा.डा. तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन ।
यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिंदै आउनु भएको छ । डिएम अध्ययनरत पन्त र प्रा.डा. तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिंदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ । टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएको लगायत नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने न्यूरो मेडिसिन विभागका प्रमुख समेत रहनु भएका प्रा.डा. तिवारीले बताउनुभयो ।

विश्वमा न्यूरो मेडिसिन अन्तर्गत धेरै बिरामी हुने गरेको बताउँदै प्रा.डा. तिवारीले भन्नुभयो “कतिपय बिरामीलाई आफूलाई भएको समस्या न्यूरोलोजिष्टकोमा जानुपर्छ भन्ने ज्ञान पनि छैन ।” आकस्मिक कक्षमा पनि न्यूरो मेडिसिनका बिरामी आउने गरेको उहाँको भनाई छ । प्रा.डा. तिवारीले भन्नुभयो “धेरै लामो समयदेखि रोग लागेका बिरामीहरु पनि यस विभागमा आउने गर्दछन् ।”

प्यारालाईसिसको समस्या धेरै आउने गरेको भन्दै प्रा.डा. तिवारीले २० वर्ष अघिसम्म यस्ता बिरामीको कुनै उपचार नहुने गरेको जानकारी दिनुभयो । प्रा.डा. तिवारीले भन्नुभयो “अहिले प्यारालाईसिस भएका बिरामी समयमा अस्पताल आईपुगेमा पूरै निको हुन्छ ।” प्यारालाईसिस उपचारमा निकै ठूलो प्रगति भएको उहाँको भनाई छ । प्यारालाईसिस भएको लामो समयपछि उपचारमा आउनेहरुको पनि ५० देखि ६० प्रतिशत निको हुने गरेको बताउँदै प्रा.डा. तिवारीले भन्नुभयो “यस्ता बिरामी पनि उपचारपछि आफ्नो काम गर्न सक्षम हुन्छन् ।”

यसैगरी २० प्रतिशत मानिसहरुलाई टाउको दुख्ने समस्या हुने गरेको भन्दै उहाँले १० प्रतिशतलाई दैनिक कामलाई असर गर्ने गरी टाउको दुखाई हुने गरेको जानकारी दिनुभयो ।सामान्य र गम्भीर प्रकृतिको टाउको दुखाईको पनि उपचार हुने र आफूहरुले निको बनाउने सक्ने प्रा.डा.तिवारीले बताउनुभयो । ब्रेन इन्फेक्सन पनि अर्काे समस्याका रुपमा आउने गरेको छ । उहाँका अनुसार ब्रेडमा ट्यूमर, ब्रेन ह्यामरेज, भाईरल इन्फेक्सन जस्ता समस्याको पनि समयमा उपचार गरेमा निको पार्न सकिन्छ ।

उपप्राध्यापक डा. प्रवेश पन्तले अस्पतालमा पक्षघातका बिरामीहरु चारदेखि पाँच घण्टामा आईपुगेमा तुरुन्त उपचार गरेर बिरामी दुई तीन दिनमा निको बनाउन सकिने बताउनुभयो । यस्तै मेनेन्जाईटिस, इन्सेफ्लाईटिस, पक्षघात हुने लक्षणहरु, काम्ने रोग, भुल्ने (अल्जाईमर), हातखुट्टा काप्ने, हातखुट्टा झम्झमाउने, पोल्ने लगायतका सम्पूर्ण नसा सम्बन्धी रोगहरुको उपचार अस्पतालबाट हुँदै आएको डा.पन्तले जानकारी दिनुभयो ।

निकट भविष्यमै ईलेक्ट्रिकल करेन्टको माध्यमबाट नसाको रोग पत्ता लगाउने प्रविधि पनि शुरु गर्दै गरेको डा. पन्तले बताउनुभयो । मांसपेशी सम्बन्धी रोगहरु (एएमजि) विस्तारै शुरु गर्ने तयारी गरिएको छ । हाल टाउकोको मृगी रोग, छारेरोगका लागि ईईजि सेवा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै शरीरको प्रतिरोधात्मक क्षमताले गर्दा नसालाई असर पार्ने रोगहरुको पनि उपचार हुँदै आएको उपप्राध्यापक डा. पन्तले बताउनुभयो ।

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...