CG Electronics
IME Life
NIMB

रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग गरिएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष मीनमान श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई भेट गरी यस्तो माग गरेका हुन्। महासंघले मन्त्री राईलाई बुझाएको १५ बुँदेज्ञापनपत्रमा उक्त माग समेटिएको छ।

अनधिकृत रुपमा व्यक्तिगत तवरले भइरहेका घरजग्गाको कारोबारलाई नियन्त्रण गर्न चालु आव २०७९–८० को बजेटमा उल्लेख भएअनुसार प्लानिङ पर्मिट प्राप्त गरेका रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गरिदिनुपर्ने माग महासंघले गरेको छ। ‘भूउपयोग क्षेत्र वर्गीकरण गर्दा कृषि र आवास तथा जग्गा विकासका अतिरिक्त व्यावसायिक क्षेत्रले समेत कित्ताकाट गर्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्छ’, ज्ञापनपत्रमा उल्लेख छ।

 

अंशबन्डाको नाममा अप्राकृतिक तवरले हुने खण्डीकरणलाई निरुत्साहित गर्न त्यस्तो अप्राकृतिक अंशबन्डालाई पूर्ण रुपमा निषेध गर्नुपर्ने माग पनि महासंघले जनाएको छ। ‘घर–जग्गा खरिद–बिक्रीसम्बन्धी राजस्व तिर्दा कुनै पनि वाणिज्य बैंकमार्फत राजस्व दाखिला गर्न पाउनुपर्ने र सोका लागि कनेक्ट आईपीएस, आरटीजीएसजस्ता भुक्तानीका माध्यम प्रयोग गरी राजस्व तिर्न पाउनुपर्ने माग गरिएको छ। महासंघले कम्पनीले घर–जग्गा खरिद–बिक्री गर्दा सोही दिन कित्ताकाट गरी रजिस्टे«सन पारित गर्न पाउने व्यवस्था मिलाउन पनि माग गरेको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...