CG Electronics
Ncell NPL
NIMB

स्वास्थ्य सेवामा सामाजिक अभियान चलाउने उदेश्य सहित मेडिकल सोसाईटी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्धाटन गरिएको छ । शनिबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संस्थाको उद्धाटन गरे ।
युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा रहेको संस्थाले उद्धाट पूर्व पनि बिभिन्न सामाजिक काम गरिसकेको छ । प्रत्येक चिकित्सकले कम्तीमा महिनाको एक दिन केही समय समाजको लागि छुट्याएर बिरामी तथा स्वास्थय सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सहभागिता हुनुपर्ने लगायतको उदेश्य सहित स्थापना गरिएको हो ।
कार्यक्रम पश्चात बोल्दै स्वास्थ्यमन्त्री यादवले संस्थाको उदेश्य अनुरुप कार्य गर्न शुभकामना दिदै सरकार स्वास्थ्य क्षेत्रको सुधारको लागि बिशेष योजना सार्वजनीक गर्न लागेको जानकारी दिए ।
उनेले जनसंख्या बढेको बढै तर सरकारी सेवामा चिकित्सकहरुको दरबन्दी बढाउन नसकेकोलेले गा्रमीण स्तरसम्मम स्वास्थ्य सेवाको पहुच पुग्न नसेकेको बताए । उनले चिकित्सकहरु पनि शहरमुखी बन्ननाले समस्या झन बढेको बताउँदै यसको लागि सरकारले ग्रामिण क्षेत्रमा कार्यरत चिकित्सको लागि बिशेष योजना ल्याउन लागेको जानकारी दिए । मन्त्री यादवले युवा चिकित्सकहरुले खोलेको यस संस्थामा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थय सम्बन्धी जनचेतनामुक कार्यक्रम गर्न आग्रह गरे । उनले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनकै लागि कार्यक्रम संञ्चालन गर्न यस्था संस्थाहरुको भूमिका महत्वपूर्णृ रहेने बताए ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थय क्षेत्रमा देखिने खालको काम गर्न मन्त्री यादवलाई सुझाव दिए । उनले भनेल जुन मन्त्री आए पनि स्वास्थय क्षेत्रमा यो गछु त्यो गछु भन्ने तर गर्ने चाही केही हैन भन्दै आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण परिर्वतन गर्न सुझाब दिए । उनले आज उद्धाट भएको संस्थाको बिकासमा आफनो साथ र समर्थन सदैव रहने प्रतिबद्धता जनाए ।
उद्धाटन समारोहमा प्रजातान्त्रीक चिकित्सक संघका अध्यक्ष डा. लक्ष्मी राज पाठक, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिङ केसी, डा. सरद बर्मा, राष्ट्रिय युवा परिपदका उपसचिव देवी प्रसाद अधिकारी, बरिष्ठ अधिवत्ता दिनेश त्रिपाठी लगायतकाले संस्थाले आफ्नो उदेश्य अनुरुप कार्य गर्न शुभकामना दिदै आफनो साथ रहने प्रतिबद्धता जनाए ।
‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ सस्था स्थापना गरिएको अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए । उनले २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन उदेश्य रहेको बताए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...