आजको मौसम : मुलुकभर हल्कादेखि मध्यम वर्ष हुने
Sunday Mar 19, 2023
वि.सं.२०७९ चैत ५ आइतवार ०७:५८
काठमाडौं । आज मुलुकभर चट्याङसहित हल्का वर्ष हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिशेषगरी मुलुकको पहाडी तथा तराई भूभागका स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
आइतवार राती पनि मुलकभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
























