CG Electronics
IME Life
Ncell NPL

एमालेको निर्णय : चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि २ क्षेत्रका लागि उम्मेदवार छनोट गरेको बताएका छन् ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको र बाराको लागि भने छलफल जारी नै रहेको बताए ।

उनले भने, ‘तनहुँ क्षेत्र नं. १ मा सर्वेन्द्र खनाललाई, चितवन २ बाट राम प्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा २ मा भने आज र भोलि थप छलफल गर्न आवश्यक भएको देखेका छौ । भोलि सम्म बारा २ को निर्णय गर्ने जिम्मेवारी केन्द्रीय हेड्क्वाटरलाई दिएका छौ । ’

उनले आजको बैठकमा मिटर व्याज पीडित नागरिकहरुको समस्या र वर्तमान आर्थिक संकटको सम्बन्धमा पनि छलफल भएको बताए ।

उनले भने, ‘मिटर व्याजबाट पीडित नागरिकहरु काठमाडौं आएर धर्नामा बसेको र शारिरिक, मानसिक पीडाका कारण विमारि पर्दै गएको स्थितिप्रछि नेकपा एमाले ध्यानाकर्षण भएको छ । मुलुकको प्रचलित कानुन र वित्तिय प्रणालीका मान्यता विपरित सर्वसाधारण अप्ठ्यारोमा पारेर मिटर व्याज असुल गर्नु गैर कानूनी हो ।

यसको कारण आत्म हतया गर्नु परेको यथार्थलाई नेपालको संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्त विपरित छ र यस्तो समस्या समाधानमा ठोस कदम नचाल्नु सरकारको कमजोरी देखिएको छ ।’

उनले आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत २२ प्रतिशतभन्दा बढि पुँजी खर्च हुन नसक्नु, विकास निमार्णका कामहरु ठप्प हुनु सरकारको कमजोरी देखिएको पनि उल्लेख गरे ।

यसअघि गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए । उनलाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो ।

 

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...