CG Electronics
IME Life
NIMB

बाल संगठनको जग्गा व्यापारिक प्रयोजनमा तर, प्रशासन चरम आर्थिक संकटमा

NIMB
Himalayan Bank

 

(प्रतिक्षा आचार्य /नेपाल न्यूज बैंक)

काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको अधिकांश जग्गा ब्यापारिक प्रयोजनका लागि लिजमा लगाइएका छन् । तर, संगठन भने यतिबेला चरम आर्थिक संकटमा गुज्रिरहेको छ ।

संगठनमा अहिले ३ सय ७० बालबालिका अश्रित छन् । उनीहरुको पोषणका लागि संगठनसँग पर्याप्त बजेट छैन । संगठन सञ्चालनका लागि बिभिन्न तहमा ५२ कर्मचारी छन् । उनीहरुले नियमित तलव खान सकेका छैनन् । आर्थिक अभावकै कारण १२ बैशाख ०७२ को भूकम्पमा भत्केकको भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । आश्रित बालबालिका नौ वर्षदेखि जस्ताको टहरामा बस्न बाध्य छन् । संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठन चरम आर्थिक अभावमा गुज्रिरहेको स्वीकार गरिन् ।

उनले भनिन्,‘संगठन अहिले आर्थिक अभावमा छ । आर्थीक अभावकै कारणले भूकम्पमा भत्केको भवन निर्माण सकिएको छैन । बालबालिका टहरामा राख्न बाध्य छौं । हामी कहाँ अहिले ५२ कर्मचारी कार्यरत छन् । उनीहरुलाई तलब समेत दिन सकिएको छैन । आश्रित बालबालिकाको पोषण भने जेनतेन पु¥याईरहेका छौं ।’

संंगठनमा आश्रित बालबालिकालाई दैनिक चार पटक आहार खुवाउनु पर्छ । साना बालबालिकाई ल्याक्टोजिन, लिटो, जाउलो, दाल, भात, तरकारी खुवाउनु पर्छ । शारिरिक रुपमा अस्वस्थ वच्चालाई खानासँगै अण्डा पनि खुवाउनु पर्छ । दैनिकको खानामै एक लाख रुपैयााँभन्दा धेरै खर्च हुने गर्छ ।

संगठनको स्वामित्वमा रहेको २९ रोपनी जग्गा बृहस्पती विद्या सदनलाई ५० वर्षका लागि लिजमा दिइएको छ । जसकोे मासिक भाडा प्रति महिना ७ लाख ५० हजार रुपैयाँ मात्रै तोएिको छ । जस अनुसार संगठनले सदनबाट वार्षिक ९० लाख रुपैयाँ प्राप्त गर्छ । तर, संगठनको वार्षिक खर्च तीन करोड रुपैयाँभन्दा धेरै छ ।

 

संगठनकी अध्यक्ष न्यौपानेले भनिन्,‘हाम्रो आम्दानी भनेको वृहस्पति विद्या सदनले भाडा बापतको रकम मात्रै हो । सदनले हामीलाई प्रतिमहिना ८ लाख जति भाडा दिन्छ । । तर, हाम्रो वार्षीक खर्च ३ करोड छ । यताउता गर्दा दुई करोड रुपैयाँ संकलन हुन्छ । बाँकी ऋणमा छौ ।’

संगठनमा बाल अधिकार परिषद्, नेपाल प्रहरी मातहतको बालबालिका खोज तलास समन्वय समिति, बिभिन्न अस्पताल र स्थानिय निकायका बालअधिकारीको सिफारिसमा संगठनमा अनाथ बालबालिका आउने गरेका छन् । दुधे शिशूदेखि ७ बर्षसम्मका बालबालीका संगठनले भर्ना लिदैं आईरहेको छ । निश्चित उमेर पुरा गरेका बालबालिकालाई भने संगठनले प्रकृया पुरा गरेर विदाई गर्ने गरेको छ । आश्रित बालबालिकाप्रति सरकार संम्वेदनशिल नभएको संगठनको भनाई छ ।

अध्यक्ष न्यौपानेले भनिन्,‘हामी कहाँ सरकार मातहतका विभिन्न निकायको सिफारिसमा बच्चाहरु आउँछन् । आमाबुबा नभएका, जोखिममा परेका र सडकमा भेटिएका बच्चाहरु पनि हामी कहाँ आउँछन् । त्यस्तै, सालनालसहित फालिएका र अस्पतालमा भेटिएका वेवारिसे शिशूलाई पनि हामी राख्ने गर्छौ । तर, यसमा सरकार त्यति संवेदनशिल छैन । हामीले सरकारबाट कुनै सहयोग पाउन सकेका छैनौं ।’

बाल संगठन महिला बालबालिका तथा जेष्ठ नागिरक मन्त्रालय मातहत रहेको छ । मन्त्रालयले संगठनको भवनमा महिला पुनस्र्थापना केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सम्झौता गर्दा वार्षिक २ करोड रुपैयाँ संगठनलाई दिने भनिएको थियो । तर, सरकारले पछिल्ला दिन उक्त रकम दिन छाडेको संगठनकी अध्यक्ष न्यौपानेले बताइन् ।

उनले भनिन्,‘महिला पुनस्र्थापना केन्द्र सञ्चालन गर्दा बार्षिक २ करोड रुपैयाँ दिने भएिको थियो । जसमध्ये सरकारले संगठनलाई एक पटक २ करोड र अर्को पटक २० लाख रुपैयाँ मात्रै दिएको छ । पछि काठमाडौं महानगरपालिकाले १ करोड बजेट निकासा गरेर चर्केको भवन आफैले बनाईदियो । महानगरको सहयोगमा दोस्रो पटक १५ लाख रुपैयाँ प्राप्त भयो । त्यसबाहेक सरकारबाट कुनै सहयोग प्राप्त गर्न सकिएको छैन ।’

संगठनका अनुसार विभिन्न दातृ संस्थाहरुले बालबालिकाको लागि हेल्थ क्याम्प तथा निशुल्क औषधि सहयोग गर्दै आएका छन् । बिशेषगरी स्पेन र स्वइडेनका गैर सरकारी संस्थाले संगठनलाई अहिले सहयोग गरिरहेको छ ।

उक्त संस्थाबाट प्राप्त मध्ये २५ प्रतिशत रकम संगठनले सम्वन्धित बालबालिकाको बैंक खातामा जम्मा गर्दै आएको छ । उक्त रकम संगठनकै बैंक खातामा आउने र पछि सम्वन्धित बालबालिकाको बैंक खातामा ‘ट्रान्सफर’ गर्ने गरेको संगठनकी अध्यक्ष न्यौपानेले बताइन् । बाँकी रकम भने सम्वन्धित बालबालिकाकै शिक्षामा खर्च गरिने उनको भनाई छ ।

संगठनमा आश्रित बालबालिका मध्ये केही दरबार हाइस्कुल र वृहस्पति विद्या सदनमा अध्ययन गरिरहेका छन् । बि.सं. ०२१ सालमा स्थापना भएको संगठनले स्थापनाकालदेखि नै अनाथ, परिवार बिहिन बालबालिकाको संरक्षण, लालन पालन, शिक्षा, स्वास्थ र सम्पुर्ण आधारभुत आवश्यकता पुरा गर्दै आइरहेको छ । तर, १२ बैशाख ०७२ को महाभुकम्पपछि संगठनले आर्थिक समस्या झेल्दै आएको छ ।

 

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...