CG Electronics
Ncell NPL
NIMB

अवैध सम्बन्ध लुकाउन छमेकीको हत्या, हत्या आरोपमा प्रेमी जोडी पक्राउ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


विजयकुमार साह– जनकपुर
अवैध सम्बन्ध लुकाउन छिमेकीको हत्या गरेको आरोपमा प्रेमिपे्रमिकालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको औरही नगरपालिका वडा नं. २ फुलबरीया बस्ने ४० वर्षीय बेचु महतोको हत्या आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल सहनी र २९ वर्षीया जीतनी महतोलाई पक्राउ गरेका हुन् ।
गत बुधबार विवाहपञ्चमीको दिन बिहान गाउँभन्दा ५०० मिटर पूर्व उखुबारीमा मृत अवस्थामा बेचु महतोको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय गौशलाका इन्चार्ज इन्स्पेक्टर किशोर आचार्यले दिएको जानकारी अनुसार घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका जीतनीले आफू र सुशिल सहनी मिलेर हत्या गरेको बयान दिएको छ ।
शुशिल सहनी र जीतनी बीच अनैतिक सम्बन्ध रहेको र उनीहरुको अवैद्य सम्बन्ध तथा क्रियाकलाप बेचुले देखेका थिए । गाउँमा आफ्नो पोल खुल्ने डरले खेतमा गएका बेचुलाई आफ्ना प्रेमी शुशिलसँग मिलेर हत्या गरेको बयान दिएकी छन् ।
जितनीको गर्भमा ७ महिनाको बच्चा समेत रहेको प्रहरीले जनाएको छ ।
जितनी देवी महतोको श्रीमान विजय महतो रोजगारीको शिलशिलामा काठमान्डौँ बस्दै आएका छन् भने जितनीको अनैतिक सम्बन्ध लामो समयदेखि सुशिलसँग रहेको र आफूहरुको अवैद्य क्रियाकलाप बारे श्रीमान तथा गाउँले बताइदिने डरले बेचुको ज्यान मार्ने योजना बनाएको बयानमा भनेकी छिन् ।
मंगलवार साँझ बेचु आफ्नो खेततर्फ जाँदै गरेको देखे पछि जितनी र शुशिलले उनलाई समातेर लहरीबोटले घाँटी च्याप्दै उँखुबारीमा लगेर हत्या गरेको स्वीकार गरेकी छन् । घटना स्थलमा भेटिएको मास्क र टोपीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा सुशिलसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ ।
आरोपित शुशिल सहनी मँगलबार रातीदेखि नै घरबाट फरार भएपनि गएराती भारतीय प्रहरीले नेपाल भारत सीमाबाट समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको छ ।
गत मंगलबार राति आफ्नो काउली खेतमा निलगाई धपाउन गएका बेचू महतोको शव भोली पल्ट बुधवार विहान उखुबारीमा फेला परेको थियो । मृतकको घाँटीमा नीलडाम देखेपछि घाँटी थीचेर हत्या गरेको हुनसक्ने आंशकाको आधारमा अनुसन्धान थालेका थिए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...