CG Electronics
IME Life
NIMB

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यले लगानी बढाउँछ : उपाध्यक्ष श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले, स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यले लगानी बढाउने प्रतिवद्धता जनाएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३२ औं वार्षिक उत्सवको अवसरमा आयोजित जनस्वास्थ्य वैज्ञानिकहरूको ९ औं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उनले वैज्ञानिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए।

उनले भने, ‘हाम्रो संविधानले तय गरेको वैज्ञानिक अध्ययन, अनुसन्धान एवम् प्रविधिको आविष्कारमा लगानी बढाउने तथा वैज्ञानिक प्राविधिक र बौद्धिक उत्कृष्ट प्रतिभाको संरक्षण गर्ने उल्लेख गरिएको छ । यो व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्ने गरी नेपाल सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने छ । साथै वैज्ञानिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने छ ।

देश र समाज अनुकुलको नीति निर्माणमा अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्क र नयाँ खोजको महत्वपूर्ण स्थान रहेको भन्दै उनले नेपालमा पनि त्यसका लागि आवश्यक प्रयास भइहेको बताए ।

उनले स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रको विकासका लागि खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाई छ । ‘नेपालमा पनि आफ्नो स्थापना कालदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा अनुसन्धानका लागि नियमन गर्न, गुणस्तरीय अनुसन्धानको प्रोत्साहन गर्न, यसको लागि वातावरण तयार पार्न र त्यसबाट प्राप्त तथ्याङ्कहरूको आधारमा स्वास्थ्य सम्बन्धी नीति नियमको कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न खेलेको भूमिका प्रशंसा गर्न सक्छ ।’

नेपालमा सरुवा रोग उन्मूलन भएपनि मानसिक स्वास्थ्य समस्या बढ्दै छ, जलवायु परिवर्तनका समस्याहरू देखिन थालेको, जनसङ्ख्याको स्वरुप परिवर्तन भएको, प्रजनन घट्दो, वृद्धको संख्या बढ्दो र सहरमा बसाँइ सर्नेको संख्या बढ्दो क्रममा रहेको हुदाँ उक्त तथ्य अनुकुल स्वास्थ्य नीति ल्याउनु पर्ने उनको भनाई छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयको सचिव रोशन पोखरेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्दै आएको कार्यलाई समय अनुकुल परिष्कृत गर्दै अगाडि बढ्नु पर्ने बताए ।

अनुसन्धानले मन्त्रालयलाई आगामी नीति योजना बनाउन मद्दत गर्ने हुनाले मौसम, वातावरण परिवर्तनको बारेमा पनि अनुसन्धान गर्ने हो भने नीति निर्माणमा मद्दत पुग्ने बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...