CG Electronics
IME Life
NIMB

विद्युतिय शव दाह गृह पूर्ण रुपमा चलाउन युवा संघको माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय युवा संघले पशुपतिमा रहेको विद्युतिय शव दाहगृह लामो समयदेखि पूर्ण रुपमा सञ्चालनमा नआउँदा अन्तिम दाहसंस्कारमा समस्या आएको भन्दै पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराएको छ ।

 

युवा संघ बाग्मती प्रदेश कमिटीको पहलमा संघका केन्द्रीय उपाध्यक्ष नितेश पौडेल, प्रदेश कमिटी इन्चार्ज रोशन थापा र प्रदेश अध्यक्ष फुर्वा लामालगायतको टोलीले कोषका सदस्य सचिव डा. मिलन थापालाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।

 

कोषका सदस्य सचिव डा. मिलन थापालाई ज्ञापनपत्र बुझाउँदै युवा संघले ‘कोषको मातहतमा रहने गरि पशुपति क्षेत्र भित्र रहेको विद्युतिय शव दाह गृह संचालनमा रहेकोमा शव दाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिना भन्दा लामो समयदेखि पूर्णरुपमा संचालन हुन नसक्दा विद्युतीय मेसिनबाट अन्तिम मृत्यु संस्कार गर्न चाहने मृतकका परिवाहरुलाई परिरहेको भन्दै तत्काल समस्या समाधान गर्न’ माग गरेको हो ।

 

युवा संघ नेपाल बाग्मति प्रदेशले बुझाएको ज्ञापनपत्रमा विद्युतीय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरु अविलम्ब मर्मत गरी आराध्यदेव श्री पशुपतिनाथको आदर्श, गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगाएतका उद्देश्य कार्यान्वयन गर्नको समेत माग गरेको छ ।

 

ज्ञापनपत्र बुझ्दै सदस्य सचिव थापाले विद्युतीय शब दाह गृहमा समय समयमा आउने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न आफुहरु लागि परेको बताउनुभएको युवा संघ केन्द्रीय उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । साथै, युवासंघले उठाएका मागहरु गम्भिर र पशुपक्षि क्षेत्रकै समग्र विकासको लागि भएको भन्दै सदस्य सचिव थापाले पहल कदमीको लागि संघलाई धन्यवाद पनि दिनुभएको थियो ।

 

युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी शासन लगाएतका विषयमा निरन्तर सरोकार राख्दै आइरहेको छ ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...