CG Electronics
IME Life
NIMB

बाँकेमा शान्ति र सद्भावको पर्व ईदुल फितर हर्षोल्लाषका साथ मनाइदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बाँके : बाँके जिल्लाका मुस्लिम समुदायले शनिबार शान्ति र सद्भावको महान् पर्व ईदुल फितर मनाएका छन् ।
बिहानै नेपालगञ्जस्थित केन्द्रीय ईदगाहमा सामूहिक नमाजबाट सुरु भएको ईदको औपचारिक कार्यक्रमपछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ ईद पर्व मनाइएको छ ।

देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिएको इदगाह सञ्चालक समितिका महासचिव ईर्फान सिद्धिकीले जानकारी दिए
उनले भने ‘रमजान र ईदलाई शान्तिपूर्ण तरिकाले सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट समेत गर्छ । विहानको नमाजमा देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरियो । अब बिभिन्न कार्यक्रममा साथ तीन दिनसम्म इद मनाइने छ । ’
इदगाहमा नमाज सम्पन्न भएलगत्तै पूर्वमन्त्री मोहम्मद इश्तियाक राई, नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, नेपाल उद्योग वाणिज्य महासंघा केन्द्रीय सदस्य अब्दुल मन्सुरी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई र करिम खान लगायतले अधिकांशलाई अङ्कमाल गरेर ईदको शुभकामना प्रकट गरेका छन ।

त्यसै गरी अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासनका प्रमुखहरू, व्यवसायी तथा उद्योगीले ईदगाहमा पुगेर शुभकामना आदान प्रदान गरेका थिए । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने यस पर्वमा मुसलमान समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा ईष्टमित्रहरुलाई खुवाउने परम्परा रहेको छ । यसअघि शुक्रबार मात्र रमजानको अन्तिम शुक्रबारलाई सानो ईदको रूपमा मनाएर विभिन्न मस्जिदमा अलबिदाको सामूहिक नमाज पढेर ईदको स्वागतको तयारी गरिएको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...