CG Electronics
IME Life
NIMB

गएराती गएको पहिरोमा एकै परिवारका चार जनाको मृत्यु, दजनौं घर बगायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराती गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको ज्यान गएको छ ।

पहिरोले दुई दर्जन बढी घर बगाउनुको साथै पशुचौपाया र धनजनको क्षती गराएको र उद्दार कार्य भैरहेको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए ।

‘बिहीवार परेको बर्षाको कारण ११ बजे राती गएको पहिरोमा रणबहादुर गुरुङको परिवारनै परे ।मृतक मध्ये ३८ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।’ राउतले भने ।

पहिरोले गुरुङ बस्तीमा रहेको अन्य २५ भन्दा बढी घरमा क्षती पु¥याएको छ भने,दुई दर्जन बढी पशुचौपाय पनि बगाएको छ ।

पहिरो गएको थाहा पाएपछि हिजो रातीबाटै नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित स्थानीयजनको सहयोगमा खोजी तथा उद्दार कार्य सुरु गरिएको राउतको भनाई छ ।

मृतक मध्ये अझै एक जनाको शव भेटीएको छैन् । प्रहरीले खोजी कार्य जारी राखेको छ भने,के कति धनमालको क्षती भयो सो विवरण यकिन भैनसकेको वडा अध्यक्षले जानकारी दिए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...