CG Electronics
IME Life
NIMB

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको क्षमता विकासमा सरोकारवालाको जोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको क्षमता विकासमा विशेष जोड दिइनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आईतवार राष्ट्रिय महिला आयोगले काठमाडौंमा आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सवाल विषयक छलफल कार्यक्रममा सहभागिले उनीहरुको क्षमता विकास र स्वरोजगारका लागि विशेष जोड दिएका हुन् ।
मायाको संसार नामक संस्थाका अध्यक्ष सुनिता लामाले यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई समाजले तिरस्कार गरेको र क्षमता विकासका लागि कुनै पनि क्षेत्रबाट सहयोग नभएको गुनासो गरिन् ।

उनले भनिन् ‘समाजले तिरस्कार गरेको छ । मायाँको भोगी छौं मायाँ खाज्दै जाने क्रममा विभिन्न ठाउँहरुमा पुग्छौं र हिंसाहरुको कुरा हुन्छ । रोडमा उभिदाँ मानीसले गरकोे लाल्छना भेदभाव र कति मिडियाले यौनको बार्गेनिङ गरेको दिउसै भनेर गलत समाचार बनाउनेलगायतका हरेक कुराले हाम्रो समुदायलाई बाँच्नै कठिन भएको छ । ’

उनले आफ्नो समुदायको हितका लागि आवश्यक सिप मुलक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन् ‘हाम्रो समुदायमा यौन कार्यमा लागेकाहरुलाई सिप मुलक कार्यक्रम ल्याएर क्षमता वृद्धि गर्ने उद्देश्य छ मायाँको संसारको ।

त्यसमा सबैको साथको आवश्यकता छ ।’
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलिले, यौनीक अल्पसंख्यकले उठाएका विषयबारे सरकारको ध्याकर्षण गराउने प्रतिवद्धता जनाइन् ।

उनले भनिन् ‘तेस्रो लिङ्गीहरुले प्रस्तुत गरेको आधारमा यहाँहरुसँग सहकार्य गरेर मुद्दा र सवालहरुलाई मन्त्रालय र निकायहरुमा सिफारिस गरेर पठाउँछौं हाम्रो भूमिका त्यही नै हो ।’

उनले सरोकार वालाको माग जस्तै यौनलाइ व्यवसायको रुपमा समेट्ने कुरा सम्बोधन गर्न नसक्ने भन्दै कानूनी दायरामा रहेर आवश्यक सहयोगका लागि महिला आयोग तयार रहेको बताइन् ।

‘ सुनिता लामाले यौन कार्यलाई राज्यले मनोरञ्जनको रुपमा राख्नुपर्छ भन्नुभएको छ । तर राज्यको एउटा संयन्त्रको संवैधानिक सदस्य भएको हैसियतले नियममा उभिएर बोल्दा संविधान ऐन कानूनले दिएको व्यवस्था भित्र बसेर मात्र म बोल्नुपर्छ अहिलेको अवस्थामा यौन कार्यलाई कानूनले अपराधिकरण गरेको छ ।’

उनले भनिन् ‘हामी अधिकारकर्मीले भन्नुपर्दा अनौपचारिक रुपमा यो कुरालाई कानूनी अधिकारमा ल्याउ भन्न सक्दैनौं तर यसलाई अपराधमुक्त गर्नु पर्ने आवश्यकता हुन सक्छ यो कुरा उठाईराखेका छौं । ’

कार्यक्रममा सहभागिहरुले यौनजन्य क्रियाकलापलाई पनि मनोरञ्जन उद्योगको व्यवस्थित रुपमा विकास गरिनु पर्ने आवाज उठाएका थिए ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...