CG Electronics
IME Life
NIMB

भिभोको लोकप्रिय वाई सिरिजका स्मार्टफोनहरूमा विशेष छुट सहित ‘मनसुन फेस्टिभल’ योजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नयाँ युगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड, भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म “मनसुन फेस्टिभल” योजना ल्याएको छ जसअन्तर्गत आफ्ना लोकप्रिय वाई सिरिजका डिभाइसहरूमा भिभोले मूल्य घटाएको छ ।

यो रमाइलो र प्रचुर मौसमको सुरुवातलाई रोमाञ्चक तरिकाले मनाउन र वाई सिरिजका स्मार्टफोनहरूको ठूलो मागलाई ध्यानमा राख्दै, ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा भारी मात्रामा केहि समयका लागि विशेष छुट दिने घोषणा गरेको छ ।

ग्राहकहरुले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपूर लाभ लिन सक्छन् ।

वाई२२एस

भिभो वाई२२एस मा शक्तिशाली स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ जसले हरेक कार्यलाई सहज बनाउँछ । यो उपकरणमा १८ वाटको फास्ट चार्ज सहितको बलियो ५०००एमएएच ब्याट्री रहेको छ जसले तपाईका सम्पूर्ण कार्यहरू र मनोरञ्जनात्मक गतिविधिहरूको लागि निर्बाध रुपमा समर्थन गर्दछ । यस स्मार्टफोनको मुल्य रु. २७,९९९ बाट घटाइएको छ र यस अफर अवधि भरि वाई२२एस रु. २५,४९९ मा उपलब्ध हुनेछ ।

वाई१५सी

वाई१५सी एचडी प्लस स्क्रिन र आई प्रोटेक्शन मोड सहित ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेमा आउँछ । यो स्मार्टफोन इमर्सिभ र उत्कृष्ट मनोरञ्जनात्मक अनुभवका लागि युवाहरूमाझ निकै लोकप्रिय भएको छ । स्मार्टफोनमा शक्तिशाली ५००० एमएमएच ब्याट्री, साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली १३एमपीको डुअल क्यामेरा पनि रहेको छ, यी सबै विशेषताहरुले गर्दा यस स्मार्टफोनलाई बजारमा अझ आकर्षक बनाएको छ । यस उपकरणको मूल्य रु. १७,९९९ बाट घटेर रु १४,९९९ पुगेको छ ।

वाई१६

वाई१६ स्मार्टफोनमा सुलभ मूल्य फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्न स्लीक डिजाइन र शक्तिशाली प्रोसेसिंग क्षमताहरू रहेको छ । यस स्मार्टफोनमा ४जीवी र्याम + ६४जीवी रोम रहेको छ ।

 

साथै, यसमा ५००० एमएएच ब्याट्री र शिघ्र पहुँच र प्रयोगकर्ताहरूलाई सहज ह्यान्डलिङ अनुभव प्रदान गर्नका लागि साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यसबाहेक, प्रचुर फिचर रहेको यस डिभाइसमा ए आई डुअल क्यामेरा प्रणाली छ जसमा १३ एमपी प्रमुख क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ ।

 

यसबाट प्रयोगकर्ताहरूले आकर्षक तस्बिरहरू खिच्न सक्छन् । रु १८,९९९ मुल्य रहेको यस स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात नयाँ मुल्य रु १७,९९९ मा उपलब्ध हुनेछ ।

वाई २

वाई०२ एक नवीन र सुविधायुक्त स्मार्टफोन हो जुन ५०००एमएएच ब्याट्री र २जीवी र्याम + ३२जीवी स्टोरेजमा आउँछ । यसमा ६.५१ इन्चको एचडी+ इन्सेल डिस्प्लेको साथमा आइ प्रोटेक्शन मोड रहेको छ जसले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ ।

यो डिभाइस दुई प्रभावशाली रङहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । यसमा २.५डी स्लिम बडी डिजाइन रहेको छ जसले गर्दा यो स्मार्टफोनलाई हेर्दा पनि आकर्षक र समात्न पनि सहज बनाउँछ । प्रयोगकर्ताहरु माझँ निकै लोकप्रिय यो स्मार्टफोनको मूल्य १२,४९९ बाट घटाएर अफर अवधिका लागि रु ११,९९९ मा उपलब्ध गराइनेछ ।

वाई २२

वाई२२ ले यसको प्रभावकारी लुक्स, नवीनतम इमेजिङ प्रणाली र उत्कृष्ट कार्यसम्पादनका लागि देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको यस स्मार्टफोनमा १८ वाटको फास्ट चार्ज र ५०००एमएएच ब्याट्री रहेको छ ।

 

यसको क्यामेरा सुविधाहरूको कुरा गर्दा, फोनमा ५० एमपी रियर क्यामेरा छ जसको माध्यमबाट प्रयोगकर्ताहरूले भिडियो फेस ब्यूटी फिचर जस्ता नवीन विशेषताहरुको आनन्द लिन सक्छन् ।

 

साथै यसमा मल्टी स्टाइल पाट्र्रेट सुविधा र सुपर नाइट मोड जस्ता क्यामेरा विशेषताहरु रहेका छन् । यो आकर्षक स्मार्टफोनको बजार मुल्य रु २२,९९९ भएतापनि ३१ जुलाईसम्म रु. २१,४९९ मा उपलब्ध हुनेछ ।

वाई १

वाई १ स्मार्टफोनमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले र विशाल ५०००एमएएच ब्याट्री रहेको छ, जसले धेरै कार्यहरुका लागि प्रयोग गर्न सकिने र गेम पनि खेल्न मन पराउनेहरूका लागि सुलभ र पहुँचयोग्य मुल्यमा सुविधायुक्त स्मार्टफोन प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

यसबाहेक, वाई १ मा स्टाइलिश थ्रीडी ब्याक कभर रहेको छ । यसको ८.२८ एमएम पातलो बडीले फोनलाई समकालीन रुपमा सुन्दर र आकर्षक बनाएको छ । रु १३,९९९ बजार मुल्य रहेको यो स्मार्टफोन अफर अवधि अर्थात ३१ जुलाईसम्म रु १२,९९९ मा उपलब्ध हुनेछ ।

 

यस मनसुनलाई रमाइलो बनाउन भिभोले आफ्ना प्रिय प्रयोगकर्ताका लागि उनीहरुको लोकप्रिय स्मार्टफोन खरिदमा पैंसा बचतका लागी लाभदायक योजना ल्याएको छ । अब आजै गएर आफ्नो मनपर्ने भिभो स्मार्टफोन किन्ने होइन त?

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...