CG Electronics
IME Life
NIMB

लोकतन्त्रलाई सुदृढीकरण गर्न पुष्पलालले देखाएको बाटोमा हिडौं : कार्यवाहक अध्यक्ष पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले नेपालको लोकतन्त्रलाई सदृढीकरण गर्न नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोमा हिड्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा पोखरेलले श्रद्धाञ्जली सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक रहेको बताएका हुन्।

पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन्।

‘संस्थापक महासचिव पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा संगठन निर्माण गर्नुभएको छ।’ पोखरेलले सन्देशमा भनेका छन्, ‘यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो। सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क. पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भयो।’

कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘क.पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य हो। र, पुष्पलालका नीतिहरूको सान्दर्भिकता पनि यिनै कुरामा छ।’

पोखरेलले जारी गरेको श्रद्धाञ्जली सन्देश

७ साउन २०८०

श्रद्धाञ्जली सन्देश

आज साउन ७ गते अर्थात् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालको ४५औं स्मृति दिवस विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता क.पुष्पलालप्रति यस अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

क.पुष्पलालको अगुवाईमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनु अगाडि पनि नेपालमा कम्युनिष्ट नेता र कार्यकर्ताहरू थिए। तर, कम्युनिष्ट आन्दोलनको व्यवस्थित, राजनीतिक र सांगठनिक संरचना थिएन। क.पुष्पलालकै अगुवाइमा नेपाली समाजको तत्कालिन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो। सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क.पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भयो।

क.पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा उहाँले संगठन निर्माण गर्नुभयो। यो नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो।

देशलाई समृद्ध र बलियो बनाउने साधन सही विचार बोकेको राजनीतिक पार्टी हो। पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन हामी क. पुष्पलालले मार्गनिर्देश गर्नुभएको बाटोमा अघि बढ्नु आवश्यक छ। हामीले सांगठनिकशक्तिको बलमा राज्य सञ्चालनको नेतृत्व गरेका बेला समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, आधुनिक, समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढायौ । नेकपा ९एमाले० को सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेका छन् ।

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय छ। नेकपा (एमाले) ले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा अघि सारेको छ। क.पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य हो। र, पुष्पलालका नीतिहरूको सान्दर्भिकता पनि यिनै कुरामहरूमा छन्।

क.पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै ४५ औ स्मृति दिवसमा उहाँप्रति पुनः श्रद्धासुमन अर्पण गर्दछौ।

ईश्वर पोखरेल

कार्यवाहक अध्यक्ष

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...