कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारत जादैँ
Sunday Jul 23, 2023
वि.सं.२०८० साउन ७ आइतवार २०:११
काठमाडौं । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् ।
पुरुष खेलाडीमा सुरेश चुनारा ९७४ केजी० र राज यादव ९१२५ केजी० तथा महिलामा शिभाङगी दुवे ९५७ केजी० र सुशिला चन्द ९६२ केजी० प्रशिक्षणका लागि भारत जान लागेका हुन् ।
१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी पनि भारत जानेछन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने कार्यक्रम छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी दिए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिक्रिया दिए ।
























