CG Electronics
IME Life
NIMB

निर्माण व्यवसायी महासंघद्धारा थप आन्दोलनको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । निर्माण व्यवसायी महासंघले, पहिलो चरणको आन्दोलन सकिएसँगै दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले आफ्ना मागहरु पुराहरु सम्बोधन नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राष्ट्रिय भेलामार्फत पहिलो चरणको संघर्षका कार्यक्रमहरु सम्पन्न हुँदा समेत आफ्ना मागहरु सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
उनले भने, ‘यसरी हाम्रा जायज मागहरु हालसम्म सम्बोधन नभएको हुँदा महासंघकै निर्णयानुसार दोश्रो र तेश्रो चरणका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका हौं । ’

महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत भोलि सोमबारदेखी २६ गते सम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९ः०० बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस प्रर्दशन गर्ने भएको छ ।

त्यस्तै संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हुनमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिनेलगायतका कार्यक्रम गर्ने महासंघले जनाएको छ । दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले माग सम्बोधन नगरे २८ गते सोमबारदेखि तेस्रो चरणको आन्दोलन सुरु महासंघको चेतावनी छ ।

तेस्रो चरणका कार्यक्रममा अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरु अनिश्चितकालका लागि बन्द गर्ने, विकाशे विभागहरुमा पालैपालो बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म एक घण्टा धर्ना तथा तालाबन्दी गर्ने, निर्माण विज्ञलगायत सरोकारवालाहरुबीच सार्वजनिक सुनवाई सहितको टेलिभिजन मार्फत लाईभ अन्तरक्रिया कार्यक्रमहरु गर्नका साथै थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने उनीहरुको चेतावनी छ ।

महासंघले पहिलो चरणको आन्दोलनमा पनि पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न विरोध र धर्ना कार्यक्रम गरेको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...