CG Electronics
IME Life
NIMB

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ करोड रुपैयाँले बढ्यो 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.७० प्रतिशत बढेर ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेर ९ अर्ब ४४ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेर ९२ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेर १० अर्ब ७४ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा २१.१९ प्रतिशत बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष १८.५७ प्रतिशत २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ, निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ४४ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ४.३२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २.९२ रुपैयाँ बढेर २३.२२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८.९४ रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ६.९७ प्रतिशत, आधार दर ९.९२ प्रतिशत, स्प्रेड दर ३.९५ प्रतिशत र सीडी रेसियो ९.९२ प्रतिशत रहेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक :...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१९

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक...

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१५

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल...

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:५८

काठमाडौं । नेपालको भौगोलिक विविधता र अथाह प्राकृतिक वनस्पतिजन्य स्रोतका...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी...

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:२२

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी...