CG Electronics
IME Life
NIMB

एकता प्रक्रिया अगाडि बढाउन एनआरएनए उपाध्यक्ष शर्माको अनुरोध,अस्ट्रेलियापछि न्युजिल्याण्ड भ्रमणमा

NIMB
Himalayan Bank

 

 

अस्ट्रेलिया(सिड्नी), गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार(आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन ।

एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने बताए ।

 

एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा शर्माले एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उतिकै महत्त्वपूर्ण रहेको हुँदा सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए ।

 

“सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,”शर्माले भने,“सबैको उद्देश्य नेपाललाई सम्बृद्द बनाउने भएको हुँदा मिलेर जानुको विकल्प नभएको शर्माले बताए ।

 

शर्माले आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुँने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको कार्यमा अगाडी बढनुपर्नेमा जोड दिए ।

 

उनले नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले समाधान गर्नुपर्ने बताए ।

शर्माले यो पटकको एनसीसीको निर्वाचन विवाद रहित तरिकाले सम्पन्न भएको भन्दै अभियान अब नयाँ ढंगले अगाडि बढ्ने बताए ।

“अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,”शर्माले भने,“हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।”

आगामी अधिवेसन सन २०२३/२५ मा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा रहेका छन । अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन । अस्ट्रेलिया भ्रमण सकेपछि शर्मा आइतबार न्युजिल्याण्ड जाने तयारीमा रहेका छन ।

शर्माले नेतृत्वको लागि युरोप,जापान तथा मलेसियाको भ्रमण गरेर गैरआवासीय अभियन्तासँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...