CG Electronics
IME Life
NIMB

उद्योग मन्त्रि र बेलायती राजदुत फेनबीच भेटवार्ता, नेपालमा बेलायती लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताउनु भयो ।

राजदूत फेनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धका आयामहरु थप विस्तार हुँदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्रि रिजालले स्पष्ट पार्नु भयो ।

नेपाल–बेलायत मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको सन्दर्भमा सन् २०२३ दुई मुलुकबीचको सम्बन्धको लागि विशेष वर्षको रुपमा रहेको बताउनु हुदै मन्त्रि रिजालले बेलायतले नेपालको प्रमुख विकास साझेदारको रुपमा रहँदै मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायताको आयाममा निरन्तर सहयोग प्रदान गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्नु भयो ।


बेलायतले नेपालजस्ता अति कम विकसित मुलुकमा उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागू गर्दै आएको GSP कार्यक्रमबाट नेपालको निर्यात प्रवर्द्धनमा सहयोग पुग्दै आएको बताउनु हुदै मन्त्रि रिजालले बेलायत सरकारले हालै शुरुवात गरेको
Developing Countries Trading Scheme (DCTS) बाट समेत नेपालको निर्यात थप विस्तार हुँदै जाने अपेक्षा ब्यक्त गर्नु भयो ।

त्यसैगरी
DCTS अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको थप केही वर्षसम्म निरन्तरता दिन मन्त्रि रिजालले वेलायत सरकारसग अनुरोध गर्नु भएको छ ।

बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउनु हुदै मन्त्रि रिजालले नेपालमा बेलायती लगानी विस्तारको लागि राजदुत फेनको ठोस प्रयास रहनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

भेटका क्रममा राजदुत फेनले दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताउनु भयो

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...