CG Electronics
IME Life
NIMB

पिएसिईएस पूर्व अभ्यास परीक्षा संचालन गर्ने मेडिसिटी नेपालको पहिलो अस्पताल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी यूके पिएसिईएस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन चिकित्सक, बेलायतसँगको सहकार्यमा व्यावहारिक मूल्याङ्कनको पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको हो ।

सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएका थिए । एमआरसिपी यूके पिएसिईएस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको हो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा।उपेन्द्र महतोले, नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिशियन, युकेसँग मिलेर एमआरसिपी यूके पिएसिईएस परीक्षाको पूर्व अभ्यास आयोजना गर्न पाउँदा निकै खुसि लागेको बताएका छन् ।

यस स्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्नुको साथै बिरामी सुरक्षाका मुद्दाहरू र संचारलगायत सफ्ट स्किलहरू पनि हेर्ने बताए ।

‘हामी धेरै विषयमा पछाडी छैनौ तर वर्तमान अवस्थामा पैसाले देशको महत्व गनिन्छ । त्यसको लागि पैसा कमाउँनु पर्छ पैसाको लागि सधैँ विदेशीहरुलाई हेरेर हुदैन् त्यसको लागि सहकार्य गर्न आवश्यक हुन्छ ।’

 

उनले भने ‘५ सय वर्षको इतिहास भएको व्यक्तिहरु मेडिसिटिमा आएर तपाई हाम्ीलाई विशवास गर्छन् तर हामी नेपालीहरु अलिकति विरामी भयो भने छिमेकी देश दौडिहाल्छौ । किनभने हामीले आँफैले आफैप्रति विश्वास नगरेका हौ । हामीले आफूप्रति विश्वास गर्न कहिले सुरु गर्ने, त्यो सुरु नभएसम्म हामी अगाडि बढ्न सक्दैनौ ।’

 

यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरूको आवश्यकता मात्र नभई छिमेकी दक्षिण एसियाली देशका उम्मेदवारहरूलाई पनि फाइदा पु¥याउनेछ भन्ने आशा रहेको पनि उनको भनाई छ ।

बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरूले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरू र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिदै यसले एमआरसिपी यूकेसँगको दीर्घकालीन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् ।

उक्त परीक्षा युनाइटेड किंगडमका चिकित्सकहरूको रोयल कलेजहरूको महासंघका प्रतिनिधिहरू डा।तन्जीम रजा, डा। डोनाल्ड फारुहार, डा। सत्यन राजभण्डारी, डा। फियोना क्लार्क र डा। ग्राहम करीका अनुसार सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ ।

नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा।नीरज जोशीले नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्ने बताए ।

उनले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पिएसिईएस केन्द्रहरूले पिएसिईएस केन्द्रको दर्जा दिनुअघि निश्चित शैक्षिक मापदण्डहरू पूरा गर्नुपर्ने पनि बताए ।

उनले भने, “नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ। यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।’’

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...