CG Electronics
IME Life
NIMB

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्ध

NIMB
Himalayan Bank

 

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले आजै नेशनल पेमेन्ट गेट वे प्रकरणमा बहालवाला सचिवसहित ९ जना विरुद्ध सवा २३ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।मुद्दा दर्तासँगै उद्योग, बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी स्वतः निलम्बित भएका छन् ।

अख्तियारले आजै नेशनल पेमेन्ट गेट वे प्रकरणमा बहालवाला सचिवसहित ९ जना विरुद्ध सवा २३ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो । वर्तमान उद्योग सचिव मरासिनीलाई आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर २५ करोड रुपैयाँमा एनपीजी खरिद गरेको भन्दै अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको हो । मरासिनी त्यतिबेला अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख थिए ।

अख्तियारले मरासिनीसहित विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी बनाइएको छ ।

केपी ओली शर्मा नेतृत्वको सरकारले ०७४र ७५ को वार्षिक नीति तथा कार्यक्रममा एनपीएस स्थापनाबारे उल्लेख गरेको थियो ।

 

त्यसपछिको बजेट भाषणमा त प्रणाली खरिद गर्ने भनेर बजेट नै छुट्ट्याइयो । २५ करोडको बजेटमा टेकेर सञ्चार तथा सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना केन्द्रले सफ्टवेयर तथा हार्डवेयर खरिद गरेर एनपीएस स्थापना भएको सार्वजनिक जानकारी दिएको थियो ।

 

तर, रकम भुक्तानीसँग जोडिएको कारण सरकारले उक्त प्रणाली सञ्चालन गर्नुअघि कानुनतः केन्द्रीय बैंकको राय र सम्मति आवश्यक पर्ने भएकाले औपचारिकताको निम्ति ब्याक डेटमा पत्र लेखियो ।

उक्त पत्र मन्त्रालयले २०७५ कार्तिक पहिलो साता र केन्द्रले दोस्रो साता पठाएका थिए । कात्तिक तेस्रो साता राष्ट्र बैंकले नियमानुसार गर्नु गराउनु भन्ने आशयको जवाफ सरकारलाई दियो ।

 

मोटामोटी २० करोडमा खरिद गरिएको उक्त सफ्टवेयर तथा हार्डवेयर सीएमए कम्पनीबाट ल्याइएको थियो । सो कम्पनीको त्यस्तो सफ्टवेयर तथा हार्डवेयर खरिद गर्ने नेपाल ३१ औं मुलुक हो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...