CG Electronics
IME Life
NIMB

सुदुरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदुरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबैमन्त्री सहभागी भए ।

 

 

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।

सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिएका छन् । आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् । आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् ।

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो । कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो । कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...