CG Electronics
IME Life
NIMB

विगतका अनुभवलाई ध्यान दिँदै संसदलाई प्रभावकारी बनाऔं : सभामुख घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सभामुख देवराज घिमिरेले सचिवालयलाई प्रभावकारी पार्नको लागि विगतका अनुभवहरुलाई लिँदै जिम्मेदारीका साथ अगाडि बढ्नु पर्ने बताएका छन् ।

१७औं संघीय संसद सेवा दिवस–२०८० को अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले संसदलाई प्रभावकारी कसरी बनाउन विगतको अनुभवलाई ध्यान दिँदै जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुपर्ने बताएका हुन् ।

अबको योजना संसदलाई प्रभावकारी बनाउने खालको हुनुपर्ने सभामुख घिमिरेको भनाइ छ ।

उनले भने, ‘संसदको भूमिका के हुन्छ, संसदको गरिमा कसरी राख्न सकिन्छ, संसदलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे सुरुदेखि अहिलेसम्म आइपुग्दा हामीले बिडम्बनापूर्ण व्याख्या विश्लेषण र अनुभूति गर्ने कुरालाई मैले पनि गम्भीरताका साथ लिएको छु ।’

संसदको गरिमा उच्च राख्न स्थायी रुपमा काम गरिरहेको सचिवालयलाई प्रभावकारी पार्नका लागि विगतका अनुभवहरुलाई लिँदै जिम्मेदारीका साथ अगाडि बढ्न उनले आह्वान गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीय संसदका कर्मचारीहरुले नेताहरुका कारण दुःख पाएको बताए ।

मन्त्री गुरुङले संघीय संसदका कर्मचारीहरुको सेवा सुविधाबारे ध्यानाकर्षण भएको बताउँदै यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

साँझ ५ बजेसम्म चल्नुपर्ने संसद विहान ५ बजेसम्म चल्दा पनि कर्मचारीले धैर्य र तदारुकताका साथ काम गरेको भन्दै उनले प्रशंसा गरे । कर्मचारीले गरेको मेहेनत र परिश्रम अतुलनिय रहेको बताए ।

यसैगरी, उपसभामुख इन्दिरा राना मगरले संसद भनेको कानून निर्माण गर्ने र संशोधन गर्ने थलो भएको हुनाले महत्वपूर्ण रहेको बताइन् ।

उनले भनिन्, ‘यहाँ काम गर्ने कर्मचारीहरुलाई धेरै तनाव हुन्छ होला, त्यसकारण महिनामा एउटा कुनै कार्यक्रम गरेर कर्मचारीहरुलाई अवसर मात्रै दिने हो भने कामको तनाबबाट मुक्त हुने समय प्राप्त हुन्छ ।’

नेताहरुले विभिन्न देशमा गएर ज्ञान लिने मौका पाउने उल्लेख गर्दै उनले भनिन्, ‘कर्मचारीहरुले पनि सिक्न आवश्यक हुन्छ, त्यसकारण यस्तो कार्यक्रमहरु हुनुपर्छ ।’

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...