CG Electronics
IME Life
NIMB

खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ : मन्त्री खड्का

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले नेपालको खेलकुदमा भौतिक पूर्वाधारहरु सोचेअनुरुप अगाडी बढ्न नसकेको बताएका छन् ।

बुधबार ललितपुरको १४औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले समर्पण र निष्ठाका साथ आफ्नो जीवनलाई खेलकुदप्रति समर्पित गरेका खेलाडीहरुलाई उत्साहित र प्रोत्साहित गर्न नसकेको बताए ।

उनले भने,‘खेलकुदको क्षेत्रमा भौतिक पुर्वाधारहरुको काम जुन गतिमा अगाडि बढाउनुपथ्र्यो त्यो गतिमा अगाडि बढाउन सकेका छैनौं । नेपालको खेलकुद विकास र समर्पण, निष्ठाका साथ आफ्नो जीवनलाई खेलकुदप्रति समर्पित गरेका खेलाडीहरुलाई हामीले उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । त्यसका लागि अझ सबैको आवश्यकता छ । ’

खड्काले संघीय, प्रदेश र स्थानीय तहको सरकार सबैले खेलकुद विकास र खेलाडीको उन्नती, प्रगतिको लागि ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए ।

मन्त्री खड्काले खेल क्षेत्रको विकासका लागि तीनै तहको समन्वयमा थप प्रगतिका प्रयास गर्ने विश्वास दिलाए ।

पुर्वाधारको कमी र आर्थिक उपलब्धताको कमीका कारण खेल क्षेत्रले फड्को मार्न नसकेको सबैले स्विकारेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।

उनले भने, ‘विगतमा भएका कमी कमजोरीहरुलाई सच्याउँदै आज र भोलिका दिनहरुमा हामीले खेलकुदका पुर्वाधारहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक रहेको छ ।

खेलाडीहरुमा जुन उत्साह छ, जुन समर्पण छ । खेलकुद पुर्वाधार नहुँदा, आर्थिक उपलब्धताको कमिका कारण जति प्रगति गर्न सक्ने क्षमता हो त्यो रुपमा अगाडि बढ्न सकिरहेको छैन । यो हामी सबैले स्विकार्न जरुरी छ । त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्न प्रतिवद्धता गर्न जरुरी रहेको छ । ’

संघीय सरकारले क्रिकेट रंगशालाहरुलाई गौरवको आयोजनाका रुपमा अघि बढाएको बताउँदै उनले आउँदा दिनहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गर्ने सन्दर्भमा सरकार गम्भीर रहेको बताए ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...