CG Electronics
Ncell NPL
NIMB

रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन् : गृहमन्त्री श्रेष्ठ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए ।

बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विकासका आधारका रुपमा रेमिट्यान्सलाई ‘इनपुट र ट्याक्स रेभिन्यु’ लाई लिएर अगाडि बढ्न खोजेमा त्यसले देशलाई वास्तविक दिशातिर लैजान नसक्ने बताए । उनले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोचले देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने प्रष्ट पारे ।

‘पहिला अर्थतन्त्रलाई लयमा ल्याउन जरुरी छ । त्यो दिशामा हामी काम गरिरहेका छौं । विकासका आधारका रुपमा रेमिट्यान्स इनपुट ट्याक्स रेभिन्यु जस्ता कुरालाई मात्र हामीले विकासका आधार बनाएर अगाडि बढ्न खोज्यौं भने त्यसले देशलाई वास्तविक दिशातिर लैजान सक्दैन, ’उनले भने,‘ हामीलाई अहिले रेमिट्यान्सले ठूलो योगदान पुर्याएको छ ।

तत्कालै हामीले वैदेशिक रोजगारीलाई रोक्न सकिहाल्ने अवस्था छैन् । तर प्रवर्द्धन गरेर रेमिटेन्सकै आधारमा अर्थतन्त्र धान्छु भनेर सोच्ने हो भने देश कहिले पनि स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकासमा पुग्दैन भन्ने कुरामा हामी गम्भीर हुन जरुरी छ ।’

उनले उर्जा क्षेत्रमा नीति निर्माण र योजना बनाएर अगाडि बढ्न सरकार र निजी क्षेत्र एकठाउँमा उभिन आवश्यक रहेको बताए । उनले नीति नियम परिमार्जन गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको र उर्जा क्षेत्रको विकास भने प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...