CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकको अवस्था सुधारतर्फ : गभर्नर अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे ।

गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह पार गरेर अहिलेको स्थितिमा आइपुगेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको पहलमा यो संस्थालाई पुनःस्थापना गरिएको भन्दै उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गइरहेको भनाइ राखे ।

उनले भने, ‘अहिले राष्ट्रिय वाणिज्य बैंकलगायत सबै वाणिज्य बैंकहरुको आर्थिक अवस्था निकै राम्रो हुँदै गइरहेको छ । नेपालका बैंकहरु अलिकति घाटामा गएको जस्तो देखिन्छ । हाम्रा अर्थतन्त्रका सूचकहरु नै यस्तै भएर हो । नेपालको क्रेडिट विस्तारै बढ्ला जस्तो हामीले देखेका छौं । त्यसैले हामीले पोलिसी रेट पनि घटाउने गरेका छौं । नेपाल राष्ट्र बैंकको आधार दर आठ प्रतिशत कायम गरेका छौं ।’

नेपाल राष्ट्र बैंकले मासिक, त्रैमासिक, अर्धवार्षिक प्रतिवेदनहरु सार्वजनिक गरिरहेको बताउँदै यसले अर्थतन्त्र सुधार हुँदै गइरहेको देखिएको उनले दाबी गरे ।

उनले भने, ‘अब अन्य वाणिज्य बैंकहरुले पनि अब १०.१० प्रतिशतको आधारदरभित्रै ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कर्जाको माग पनि बढ्दै जाने हामीले विश्वास लिएका छौं ।’

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...