CG Electronics
IME Life
NIMB

म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

३१ बैशाख, पेरिस (फ्रान्स) । फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।

मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचन परिणाम आएको ठिक एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नुभएको हो ।

फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई स्वागतपछि केही समय गोप्य वार्ता गर्नुभएको थियो । त्यसपछि म्याक्रोँलाई फ्रान्सको आणविक भण्डार सञ्चालन गर्ने आचारसंहिता सहितको पदभार औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

म्याक्रोँलाई पूर्वराष्ट्रपति अलान्दले राजनीतिक यात्राको सुरुवात आफ्नै आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरी सुरु गराउनुभएको थियो । उहाँलाई पछि अर्थमन्त्री बनाउनसमेत अलान्दको मुख्य भूमिका रहेको थियो ।

पदभार ग्रहण गर्नुपूर्व कन्तिच्युसनल काउन्सिलका लरेन्ट फेबिअसले निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा गर्नुभएको थियो । म्याक्रोँ युरोपियन युनियन आवद्ध सदस्य राष्ट्रसँग आफ्नो मध्यमार्गी नीतिका कारण लोकप्रिय मानिनु हुन्छ ।

सपथपछि उहाँले दिनुभएको छोटो मन्तव्यमा विश्व र युरोपले फ्रान्सलाई पहिलेभन्दा बढी मजबुत र भाग्यशाली भएको देख्न चाहेको बताउनुभयो । सपथग्रहणको औपचारिक कार्यक्रमपछि उहाँलाई २१ तोपको सलामी दिई स्वागत गरिएको थियो । रासस

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...