Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दै

३१ बैशाख, पेरिस (फ्रान्स) । फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।

मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचन परिणाम आएको ठिक एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नुभएको हो ।

फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई स्वागतपछि केही समय गोप्य वार्ता गर्नुभएको थियो । त्यसपछि म्याक्रोँलाई फ्रान्सको आणविक भण्डार सञ्चालन गर्ने आचारसंहिता सहितको पदभार औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

म्याक्रोँलाई पूर्वराष्ट्रपति अलान्दले राजनीतिक यात्राको सुरुवात आफ्नै आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरी सुरु गराउनुभएको थियो । उहाँलाई पछि अर्थमन्त्री बनाउनसमेत अलान्दको मुख्य भूमिका रहेको थियो ।

पदभार ग्रहण गर्नुपूर्व कन्तिच्युसनल काउन्सिलका लरेन्ट फेबिअसले निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा गर्नुभएको थियो । म्याक्रोँ युरोपियन युनियन आवद्ध सदस्य राष्ट्रसँग आफ्नो मध्यमार्गी नीतिका कारण लोकप्रिय मानिनु हुन्छ ।

सपथपछि उहाँले दिनुभएको छोटो मन्तव्यमा विश्व र युरोपले फ्रान्सलाई पहिलेभन्दा बढी मजबुत र भाग्यशाली भएको देख्न चाहेको बताउनुभयो । सपथग्रहणको औपचारिक कार्यक्रमपछि उहाँलाई २१ तोपको सलामी दिई स्वागत गरिएको थियो । रासस

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...