Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण अमेरिकाको कोलोराडोमा हुने

Machhapuchchhre Bank Limited

३१ बैशाख, काठमाडौँ– खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । आयोजक सस्था मध्यका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ ।

नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान गर्दै आएको छ  ।  यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ । २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन।

चाडैनै खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ दोस्रो संस्करणको बारेमा सम्पूर्ण बिस्तृत जानकारीको साथै अघिल्ला बर्ष भएका गतिबिधि तथा यो बर्ष हुने अन्य गतिविधिको जानकारी गराउने कुरा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए  ।

नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए।

नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो । दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ ।

भने उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् भने आयोजक समितिका अधक्ष्य नायक नबराज श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका कुरा अधक्ष्य श्रेष्ठले बताए। उक्त अवार्ड कार्यक्रममा नेपाल बाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...