IME Life
NIMB

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण अमेरिकाको कोलोराडोमा हुने

NIMB
Himalayan Bank

३१ बैशाख, काठमाडौँ– खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । आयोजक सस्था मध्यका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ ।

नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान गर्दै आएको छ  ।  यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ । २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन।

चाडैनै खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ दोस्रो संस्करणको बारेमा सम्पूर्ण बिस्तृत जानकारीको साथै अघिल्ला बर्ष भएका गतिबिधि तथा यो बर्ष हुने अन्य गतिविधिको जानकारी गराउने कुरा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए  ।

नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए।

नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो । दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ ।

भने उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् भने आयोजक समितिका अधक्ष्य नायक नबराज श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका कुरा अधक्ष्य श्रेष्ठले बताए। उक्त अवार्ड कार्यक्रममा नेपाल बाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...