CG Electronics
IME Life
NIMB

कांग्रेस विजयी भएका स्थान यस्ता छन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

३ जेठ, काठमाडौं-  स्थानीय तहको पहिलो चरणको चुनावमा दिउँसो ३ बजेसम्म प्राप्त परिणाममा नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेपाली कांग्रेस नेकपा एमालेभन्दा चार स्थान मात्रै तल देखिन्छ । दिउँसो ३ बजेसम्मको नतिजा अनुसार एमाले ३७ र कांग्रेस ३३ स्थानमा विजयी भएका छन् ।

कांग्रेस विजयी भएका स्थान यसप्रकार छन्:


हुम्लाका सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदम लामा र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावत विजयी भएका छन् ।

जुम्लाका पातारासी, सिन्जा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । पातारासीमा लक्ष्मण बोहोरा, सिन्जामा देवलसिंह रावल र कनकासुन्दरीमा नरविर रावत विजयी भएका छन् ।

जाजरकोटका बारेकोट र कुशे गाउँपालिका कांग्रेस विजयी भएको छ । बारेकोटको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह र उपाध्यक्षमा माओवादीकी उमा शाही विजयी भएका हुन् । यसैगरी कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछायाँ शाही विजयी भएका छन् ।

दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । अध्यक्ष पदमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा एमालेकी कलावती न्यौपाने विजयी भए ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य विजयी भएका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मानबहादुर डाँगी र उपाध्यक्षमा करुणा गिरी विजयी भएका छन् ।

बाग्लुङको गलकोट, तमानखोला र निसी खोला गाउँपालिकाको नतिजा पनि कांग्रेसको पक्षमा गएको छ । गलकोटको अध्यक्षमा भरत शर्मा गैरे र उपाध्यक्षमा रेणु काउचा विजयी भएका छन् । तमानखोलाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचन विजयी भएका छन् । निसीखोलाको अध्यक्षमा तारानाथ पौडेल निर्वाचित भए ।

पर्वतको पैंयुँ गाउँपालिकाको अध्यक्षमा खगेन्द्र तिवारी र उपाध्यक्षमा जसमती गुरुङ निर्वाचित भएका छन् ।

मुस्ताङको थासाङ, लोमान्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेस विजयी भएको छ । थासाङ गाउँपालिकाको अध्यक्षमा बुद्धि शेरचन र उपाध्यक्षमा बालकुमारी शेरचन तथा लोमान्थाङको अध्यक्षमा सुवर्णकुमार विष्ट र पेमाडोल्मा विष्ट विजयी भएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्रको अध्यक्षमा कांग्रेसका फेन्चोक छेप्तेन गुरुङ र उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ विजयी भएका छन् ।

मनाङको नार्फु र नाशोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नार्फुको अध्यक्षमामिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए भने नाशोङको अध्यक्षमा चन्द्र घले र उपाध्यक्षमा कोमलमाया गुरुङ विजयी भए ।

सिन्धुलीका घ्याङखोला र गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गोर्खाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी कुमारी गुरुङ विजयी भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र उपाध्यक्षमा एमालेकी सगुन गुरुङ विजयी भएका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

नवलपरासीका चार स्थानीय तह कांग्रेसले जितेको छ । नवलपरासीका बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयीमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

बुलिङटारको अध्यक्षमा शशि बस्ताकोटी र उपाध्यक्षमा मैना विक विजयी भएका छन् । बुङ्दीकालीको अध्यक्षमा दुर्गाबहादुर राना र उपाध्यक्षमा एमालेकी डिलकुमारी सारुमगर विजयी भएका छन् । हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेको कोपिला मल्ल विजयी भएका छन् ।

यसैगरी, विनयी-त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्मर जिसी र उपाध्यक्षमा कांग्रेसकै मीना राना विजयी भएका छन् ।

रसुवाको उत्तरगया र नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उत्तरगयाको अध्यक्षमा उपेन्द्रराज लम्साल र उपाध्यक्षमा चमेली गुरुङ तथा नौकुण्डको अध्यक्षमा कांग्रेसका नुर्पुसाङ्गो तामाङ र उपाध्यक्षमा एमालेकी सिर्जना लामा विजयी भएका हुन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छत्र लामा विजयी भएका हुन् । तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । तादीको अध्यक्षमा नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी भएका हुन् ।

यस्तै, काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना र उपाध्यक्षमा सरिता लामिछाने तामाङ विजयी भएका छन् । दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छवि लामा निर्वाचित भएका छन् ।

सिन्धुलीको घ्याङलेख र गोलन्जोर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । घ्याङलेखको अध्यक्षमा जगतबहादुर भोलन र उपाध्यक्षमा दुर्गादेवी सुनार तथा गोलन्जोरको अध्यक्षमा पुष्प कार्की तथा उपाध्यक्षमा गंगादेवी श्रेष्ठ विजयी भएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...