CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे गाउँपालिकाको प्रमुखमा एमालेका कर्ण गुरुङ विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

३ जेठ, कास्की- कास्कीको माछापुच्छ्रेमा गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवार कर्ण गुरुङ विजयी भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार खुशीमान गुरुङलाई १ हजार ७ मतान्तरले पराजित गरे। कर्णको ५ हजार ६ सय ७ मत आउँदा खुशीमानको ४ हजार ६ सय मत छ।

उपप्रमुखमा एमालेकै कृष्णकुमारी दवाडी पौडेलले जितेकी छन्। नेपाली कांग्रेसकी टेकनशोभा गुरुङलाई १ हजार ६ मतले पछि पार्दै पौडेल उपप्रमुखमा विजय बनेकी हुन्। पौडेलले ५ हजार ५ सय ७९ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी टेकनशोभाले ४ हजार ४ सय ७३ पाइन्। माछापुच्छ्रे गाउँपालिकाको ७ वडामा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ। ३, ४, ५, ६, ७, ८ र ९ मा एमालेले प्यानलै जितेको हो।

वडा नम्बर १ मा कांग्रेसले वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ। १ मा कांग्रेसले एक खुल्ला सदस्य जितेको छ। वडा नम्बर २ मा नेकपा एमालेले वडाध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ। २ नम्बर वडामा कांग्रेसले २ खुल्ला सदस्य जितेको छ। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र गुरुङ बिजयी भएका छन्। गुरुङले ४९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आशकुमार गुरुङको ४७४ मत प्राप्त गरे।

महिला सदस्यमा कांग्रेसकी जमुना पुन र दलित महिला सदस्यमा श्याममाया सुनार तथा खुला सदस्यमा एमालेका सूर्य गुरुङ विजयी भए। अर्को एक खुल्ला सदस्यमा नेपाली कांग्रेसका कैले मगर गोलाप्रथाबाट विजयी भए। कैले मगर र कांग्रेसकै निरबहादुर गुरुङले समान ४८६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो। वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका विक्रम गुरुङ विजयी भएका छन्। वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेका सूर्यप्रसाद लम्सालहितको प्यानल विजयी भएको छ। वडा नम्बर ४ को वडाध्यक्षमा पूर्णबहादुर शाहीसहित एमालेको प्यानलले जितेको छ।

५ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका जुमबहादुर गुरुङसहितको प्यानलले जित्यो। वडा नम्बर ६ को वडाध्यक्षमा हरिश्चन्द्र ढुङ्गानासहित एमाले प्यानल बिजयी भएको छ। बिजयी ढुङ्गानाले ८१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छविरमण पौडेलले ४१६ मत प्राप्त गरे। महिला सदस्यमा बसन्ती सुबेदी, दलित महिला सदस्यमा लक्ष्मी दमै तथा खुल्ला सदस्यमा नन्दलाल गौतम र लोकराज अधिकारी बिजयी भए।

वडा नम्बर ७ को वडाध्यक्षमा समबहादुर गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ। वडाध्यक्षमा बिजयी गुरुङले ५९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बैकुण्ठप्रसाद भण्डारीले ३९२ मत प्राप्त गरे। महिला सदस्यमा एमालेका रेनुका परियार, दलित महिला सदस्यमा देवकुमारी कामी तथा खुल्ला सदस्यमा बाबुराम भण्डारी र कृष्ण भण्डारी बिजयी भए।

वडा नम्बर ८ को वडाध्यक्षमा कृष्णप्रसाद दवाडीसहित एमाले प्यानल बिजयी भएको छ। बिजयी दवाडीले ६२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर गुरुङले ५५३ मत प्राप्त गरे।

महिला सदस्यमा पुष्पकुमारी गुरुङ, दलित महिला सदस्यमा शान्ती नेपाली तथा खुल्ला सदस्यमा नविन रानामगर र गिरीधारी दाहाल बिजयी भए। वडा नम्बर ९ को वडाध्यक्षमा दुर्गाबहादुर क्षेत्रीसहित एमाले प्यानल बिजयी भएको छ। बिजयी क्षेत्रीले ३५२ मत प्राप्त गरे भने उनका निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेखबहादुर गुरुङले ३०६ मत प्राप्त गरे।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...