CG Electronics
IME Life
NIMB

कारोबार रकममा आएको सुस्तिले लगानीकर्ता अन्यौलमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

३ जेठ, काठमाडौं । १ देखि डेढ अर्ब कारोबार भइरहेको बजारमा कारोबार रकममा आएको सुस्तिले लगानीकर्तामा पनि डर देखिन थालेको छ । अन्य दिनमा बजार घटबढ हुँदा पनि कारोबार रकमले साथ दिइरहेको बजारमा यस्तो रकम घट्न थालेपछि लगानीकर्ता अन्यौलमा परेका हुन् । यस दिन नेप्से परिसूचक भने करिब ५ अबंले घटेर १६४४ बिन्दुमा आइपुगेको छ । कारोबार रकम भने ६१ करोड ९८ करोड रुपैयाँमा सिमित भएको छ ।

‘यस्तो प्रवृत्तीले लगानीकर्ता केही डराउने भएपनि अहिले उनीहरु आत्तिसकेको अवस्था भने छैन्, नेप्से परिसूचक खासै धेरै अंकले घटेको छैन्, यसले बिक्री बढेको भएपनि थेग्न नसकिने चाप भने नरहेको देखाउँछ,’ सेयर ब्रोकर अन्जनराज पौड्यालले बताए ।

मुख्यत : बजेट जेठ १५ गते आउनुपर्ने भएपनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि ल्याउन नहुने भन्ने मत राजनीतिक दलहरुबीच बाझिएको, दोस्रो चरणको निर्वाचनमा पनि अन्योल रहेको कारण लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको बजार स्रोतहरु बताउछन् ।

यता, बैशाखको मध्यसम्ममा सरकारले खर्च गर्न नसकेर करिब २ खर्ब ५५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किएको छ । बैकिङ प्रणालीमा पुँजी अभाव भइरहेको समयमा सरकारी खर्च बढ्न नसक्दा पनि सेयर धितोमा कर्जा सहज रुपमा जारी हुन सेकेको छैन् ।

‘बैंकहरुले केही ग्राहकलाई सेयर धितोमा कर्जा दिएका भएपनि यो पहिलेजस्तै सहज भने भएको छैन्,’ पौड्यालले भने । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंंकहरुले चैतमा सेयर धितोमा कर्जा बिस्तार गरेका छैनन् । गत फागुन र चैत दुवै महिनाको तथ्यांकमा यस्तो शीर्षकमा गएको कर्जा रकम (३९ अर्ब रुपैयाँ) बराबर रहेको छ ।

हिमालयन इन्स्योरेन्सको म्याचिङ कारोबार

हिमालयन इन्स्योरेन्सको यसदिन धेरै जसो कारोबार म्याचिङ भएको छ । कुल १० करोड ३४ लाख रुपैयाँको कारोबार भएको कम्पनीको ७ करोड ७१ लाख रुपैयाँको कारोबार ब्रोकर नम्बर ३२ ले गरेको हो । यो सबै म्याचिङ करोबार १ हजार ५ सय ७५ रुपैयाँमा गरिएको छ । कम्पनीको अन्तिम कारोबार भने रु. १ हजार ६ सय ३८ मा भएको छ ।

लगानीकर्ता फेरबदल वा बजार प्रभावित भित्री सुचनाको आधारमा यो कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।
तेस्रो त्रैमाशमा कम्पनीको नाफा भने ९ प्रतिशत मात्र बढेको थियो । कम्पनीको बाँकी दाबी भुक्तानी ४ अर्ब रुपैयाँ बराबर छ ।

बिमा समितिले हालै तोकेको नयाँ चुक्ता पुँजी पुर्याउन भने कम्पनीलाई ६२ करोड आवश्यक पर्ने भएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...