Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कारोबार रकममा आएको सुस्तिले लगानीकर्ता अन्यौलमा

३ जेठ, काठमाडौं । १ देखि डेढ अर्ब कारोबार भइरहेको बजारमा कारोबार रकममा आएको सुस्तिले लगानीकर्तामा पनि डर देखिन थालेको छ । अन्य दिनमा बजार घटबढ हुँदा पनि कारोबार रकमले साथ दिइरहेको बजारमा यस्तो रकम घट्न थालेपछि लगानीकर्ता अन्यौलमा परेका हुन् । यस दिन नेप्से परिसूचक भने करिब ५ अबंले घटेर १६४४ बिन्दुमा आइपुगेको छ । कारोबार रकम भने ६१ करोड ९८ करोड रुपैयाँमा सिमित भएको छ ।

‘यस्तो प्रवृत्तीले लगानीकर्ता केही डराउने भएपनि अहिले उनीहरु आत्तिसकेको अवस्था भने छैन्, नेप्से परिसूचक खासै धेरै अंकले घटेको छैन्, यसले बिक्री बढेको भएपनि थेग्न नसकिने चाप भने नरहेको देखाउँछ,’ सेयर ब्रोकर अन्जनराज पौड्यालले बताए ।

मुख्यत : बजेट जेठ १५ गते आउनुपर्ने भएपनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि ल्याउन नहुने भन्ने मत राजनीतिक दलहरुबीच बाझिएको, दोस्रो चरणको निर्वाचनमा पनि अन्योल रहेको कारण लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको बजार स्रोतहरु बताउछन् ।

यता, बैशाखको मध्यसम्ममा सरकारले खर्च गर्न नसकेर करिब २ खर्ब ५५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किएको छ । बैकिङ प्रणालीमा पुँजी अभाव भइरहेको समयमा सरकारी खर्च बढ्न नसक्दा पनि सेयर धितोमा कर्जा सहज रुपमा जारी हुन सेकेको छैन् ।

‘बैंकहरुले केही ग्राहकलाई सेयर धितोमा कर्जा दिएका भएपनि यो पहिलेजस्तै सहज भने भएको छैन्,’ पौड्यालले भने । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंंकहरुले चैतमा सेयर धितोमा कर्जा बिस्तार गरेका छैनन् । गत फागुन र चैत दुवै महिनाको तथ्यांकमा यस्तो शीर्षकमा गएको कर्जा रकम (३९ अर्ब रुपैयाँ) बराबर रहेको छ ।

हिमालयन इन्स्योरेन्सको म्याचिङ कारोबार

हिमालयन इन्स्योरेन्सको यसदिन धेरै जसो कारोबार म्याचिङ भएको छ । कुल १० करोड ३४ लाख रुपैयाँको कारोबार भएको कम्पनीको ७ करोड ७१ लाख रुपैयाँको कारोबार ब्रोकर नम्बर ३२ ले गरेको हो । यो सबै म्याचिङ करोबार १ हजार ५ सय ७५ रुपैयाँमा गरिएको छ । कम्पनीको अन्तिम कारोबार भने रु. १ हजार ६ सय ३८ मा भएको छ ।

लगानीकर्ता फेरबदल वा बजार प्रभावित भित्री सुचनाको आधारमा यो कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।
तेस्रो त्रैमाशमा कम्पनीको नाफा भने ९ प्रतिशत मात्र बढेको थियो । कम्पनीको बाँकी दाबी भुक्तानी ४ अर्ब रुपैयाँ बराबर छ ।

बिमा समितिले हालै तोकेको नयाँ चुक्ता पुँजी पुर्याउन भने कम्पनीलाई ६२ करोड आवश्यक पर्ने भएको छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य...

वि.सं.२०८२ असार २९ आइतवार २०:१९

  काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट...

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा क्षेत्रमा योगदान पु¥याउने संस्था र व्यक्तित्वहरू सम्मानित

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा...

वि.सं.२०८२ असार २९ आइतवार १५:२१

    काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...