कुकुरलाई मृत्युदण्डको सजायँ

Friday May 19, 2017
वि.सं.२०७४ जेठ ५ शुक्रवार ०६:५०

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । टोक्ने कुकुरलाई मार्नु कुनै नौलो कुरा थिएन । तर पन्जाबको भाकर क्लोरमा चाहीँ सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गर्नुपरेको छ । एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर राजा सलीमले उक्त कुकुरलाई मृत्युदण्ड दिन आदेश दिएका थिए ।
सरकारी अधिकारीले कुकुरलाई मृत्युदण्ड दिने फैसला सुनाउँदा अनौठो तर्क दिएका छन् । कुकुरले बालकलाई घाइते बनाएको हुँदा कुकुरलाई मारिदिनुः उनको आदेशमा उल्लेख छ । तर कुकुरका मालिकले चाहीँ सहायक कमिसनरको फैसला विरुछ उप कमिसनरकहाँ पुनरावेदन गरेका छन् ।
कुकुरधनीका अनुसार उनको कुकुरले टोकेको बालकका परिवारले उजुरी गरिसकेपछि उक्त कुकुर सजायँ स्वरुप एक हप्ता जेलमा बसिसकेको छ । त्यसैले उक्त कुकुर विरुद्ध अरु कारवाही गर्नु अन्यायपूर्ण हुने तर्क उनको छ । आफ्नो कुकुरलाई न्याय दिलाउन आफु सम्पूर्ण अदालतको ढोका ढक्ढकाउने कुकुरधनी जमिलले बताएका छन् । एजेन्सी